उत्तर कोरियाद्वारा ठूलो शक्तिको रकेट मेसिन सफलतापूर्वक परीक्षण

उत्तर कोरियाले ठूलो शक्तिको रकेट मेसिन सफलतापूर्वक परीक्षण गरेको जनाएको छ ।
संयुक्तराज्य अमेरिकाको पूर्वीसमुद्रतर्फ लक्षित गरेर परीक्षण गरेको उत्तर कोरियाको आधिकारिक सन्चारमाध्यमले जनाएको छ ।
उत्तर कोरिया सरकारद्वारा सन्चालित समाचार समिति केसीएनएले लेखेको छ- पूर्वी अमेरिकातर्फको दूरी झन्डै १२ हजार किलोमिटर छ, त्यसैले उत्तर कोरियाले आफ्नो क्षमता देखाउँदै छ ।
स्याटलाइट प्रक्षेपणका लागि उत्तर कोरियाले स्थानीय समयअनुसार बिहान रकेट मेसिनको सफल परीक्षण गरेको स्थानीय अधिकारीले जनाएका छन् ।
जमिनको सतहमा गरिएको रकेट मेसिनको सफल परीक्षणपछि नेता किम जोन उनले स्याटलाइट प्रक्षेपणका लागि शीघ्र तयारी गर्न वैज्ञानिक र इन्जिनियरलाई निर्देशन दिएका छन् ।
पछिल्लो एक वर्षमा उत्तर कोरियाले निरन्तर गरिरहेको मिसाइल परीक्षणको एक अंशकारुपमा रकेट मेसिनको परीक्षणलाई लिइएको छ ।
उत्तर कोरियाले टाढासम्म हान्न सकिने यन्त्र