पाणिनी क्याम्पसको स्तर उन्नतिका लागि सरोकार वाला एकजुट हुनु पर्ने अर्घाखाँची प्रजिअ पौडेलको भनाई

सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लाको ईतिहास बोकेको पाणिनी  क्याम्पसको स्तर उन्नति गर्नका लागि सरोकारवाला एकजुट हुनुपर्ने बताउनु भएको छ। 
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्क अर्घाखाँचीको २८ अौ बार्षिक उत्सब कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले क्याम्पसको भौतिक संरचनालाई सुधार गर्नका लागि र क्याम्पसलाई सहयोग गर्नका लागि अाफुले पहल गर्ने बताउनु भयो ।  
कार्यक्रममा स्थानीय बिकास अधिकारी लक्ष्मि पान्डे गौतमले क्याम्पसको भबन तथा शैक्षिक सुधारका लागि जिल्ला बिकास मार्फत सहयोग गर्ने बताउनु भयो ।  
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान, नेकपा एमालेका जिल्ला काबा अध्यक्ष जिबनारायण कोईराला, नेकपा माअोबादी केन्द्रका सह-सयोजक छमकुमारी खनाल, राष्ट्रिय जनमोर्चाका  झबिलाल थापा राप्रपाका अध्यक्ष देबि बहादुर खड्का, जनमुक्ति पार्टीका ईन्द्र गेलाङ, परिबार दलका डिल्लीराज भुसाल,  नेपाली काङ्ग्रेसका पुर्व सभापति कमल प्रसाद भुसाल, पुर्ब स्ववियु सभापति राम बहादुर चौहान लगायतले मन्तब्य राख्दै क्याम्पसको बिकासका लागि सबै दलहरु र सरोकारवाला एकजुट भएर अगाडि बढने प्रतिबद्धता ब्यक्त गरेका थिए ।  
कार्यक्रम क्याम्पस ब्यबस्थापन समितिका उपाध्यक्ष सागर केसीको अध्यक्षता उपप्रध्यापक दोण भुसालको सन्चालन क्याम्पस प्रमुख ज्ञान बहादुर क्षेत्रीको स्वागत तथा बिषय प्रबेश गरिएको थियोे ! कार्यक्रममा क्याम्पसमा अध्यान गर्ने झन्डै चार सय बिधार्थी शिक्षक अभिभावक सन्चारकर्मी नागरिक समाजका प्रतिनिधिको सहभागीता रहेको थियोे ।