सुर्य प्र भुसाल / सरिता भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले चाड पर्व नजिकै अाउदै गर्दा बजार अनुगमनलाई तिब्र पारेको छ ।
सन्धिखर्क नगरपालिकाको बसपार्क वरिपरिका विभिन्न क्षेत्रका बजारमा ३१ भन्दा बढी पसल अनुगमन गरी व्यापक रुपमा विभिन्न किसिमका अखाद्य पदार्थ, हल्का पेय पदार्थ र रक्सी समेत जफद गरि नियन्त्रणमा लिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले जानकारी दिनुभयो ।
सो ठाउँमा ४ बटा तराजु काँटा जफत, गरिएको छ भने होटल सफा गर्न चेतावनी दिएको साहायक प्रजिअ खत्रीले बताउनु भयो ।
नियन्त्रणमा लिएको सो सामान जिल्ला प्रशासन कार्यालयको हाताभित्र एक कार्यक्रमका बिच नष्ट गरिएको थियोे ।
बजार अनुगमनको क्रममा सर्वसाधारण उपभोक्ताहरूलाई ठगी गर्नेहरुलाई नियन्त्रण गर्न सबैले सहयोग गर्दै उपभोक्ताले तौल र सामान खरिद गर्दा ध्यान दिनु पर्नेमा सबैले चासो दिनु पर्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले दाबी गर्नु भयो ।
डिभर्नामा पनि अनुगमन
त्यस्तै जिल्ला प्रशासनको अनुगमन टोलीले डिभर्नामा पनि अनुगमन गरेको छ । जिल्लाका ग्रामीण बस्तिहरुका उपभोक्ताहरु समेत मर्कामा नपरुन भन्ने उदेश्यले अनुगमनलाई तिब्र गतिमा अगाडि बढाईएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।
दसै तिहार जस्ता नेपालीहरुका महानपर्वहरुलाई मध्यनजर गर्दै बजारमा सामानको कृर्तिम अभाब हुन नदिनका लागि पनि प्रशासनले नयाँ योजना अगाडि सारेको भएपनि त्यसलाई सार्बजनिक गरेको छैन ।