शारदा माबि ढिकुरामा अभिभावक भेला

सरिता भुसाल / सुर्य भसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला को ढिकुरा गाबिसमा रहेको सबैभन्दा जेठो बिधालय शारदा उच्च माध्यमिक बिधालयको बिधालय ब्यबस्थापन समिति गठन तथा अभिभाबक भेला ढिकुरामा भएको छ । 
पुरानो ब्यबस्थापन समितिको समय सकिएपछि खाली रहेको बिधालय ब्यस्थापन समितिको अध्यक्ष पदका लागि गाबिसमा रहेका नेपाली काङ्ग्रेस नेकपा एमाले मनअोबादी केन्द्र राष्ट्रिय जनमोर्चा पार्टी निकटका ब्यक्तिहरुले अध्यक्ष पदका लागि लबिङ गरिरहेका छन । 
ढिकुरा गाबिसमा रहेको राजनीतिक दलहरुको पटक पटक बसेको सर्बदलिय बैठकले सहमति जुटाउन नसके पछि ब्यबस्थापन समिति गठन तथा अभिभावक भेला बिधालयले सुक्रबारका लागि बोलाएको थियो । 
बिधालय ब्यबस्थापन समितिमा चारजना सदस्य निर्बाचित र दुई जना सदस्य निर्बाचितबाट मनोनित गरि जेष्ठ सदस्यलाई अध्यक्ष बनाउने सिक्षा एन तथा नियमाबलिमना उल्लेख छ । 
स्थानिय निकायमा जनप्रतिनिधि नभएको अबस्थामा एक पद खालि रहने शिक्षा एनमा उल्लेख्य छ । 
ब्यबस्थापन समितिको गठन गर्न बिधालयले अभिभाबक भेला बोलाएको भएपनि सुक्रबार नै समिति गठन हुने सम्भावना भने नभएको नेपालि काङ्ग्रेस ढिकुराका सभापति उमेश घिमिरेको भनाइ छ । राजनीतिक दलहरु बिच सर्वसहमत समिति बनाउने बिषयमा छलफल चलिरहेकोले केहिदिनमा सर्बसहमत समिति गठन हुने घिमिरेले दाबी गरे । 
शारदा उच्च माबिको जिण भबन निर्माणका लागि रोटरी क्लबले सहयोग गर्ने  प्रतिबद्धता जनाएको र असौज १९ गते भबन बनाउने ठाउँको अनुगमन गर्न बिदेशीहरुको टोली अाउन लागेकोले पनि बिधालय ब्यबस्थापन समिति गठन गर्नु पर्ने बाध्यता भएको प्रअ डासीराम भट्टराईले बताउनु भयो । अभिभाबक भेलाको सम्पुण तैयारी पुरा भएको बिधालयाका शिक्षक बलाराम घिमिरेले जानकारी दिनु भयो ।