अर्जुन भुसाल
पोखराथोक, अर्घाखाँची । नेकपा एमाले पोखराथोक गाउँ कमिटीको बिस्तारीत वैठक तथा भेला सम्पन्न भएको छ ।
नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख पिताम्वर भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकमा जिल्ला कमिटी सदस्य तथा पोखराथोक गाउँ कमिटी इनचार्ज बावुराम घिमिरे, क्षेत्रीय कमिटी सदस्य गोविन्द पौडेल, खिदिम गाउँ कमिटीका अध्यक्ष सुर्य थापा, शिक्षक संगठनका अच्युत गौतम, नन्दराम पोख्रेल, लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि भुसालले देशको समसामयिक राजनीतिक परिस्थिति र संगठन सुदृढिकरणका विषयमा प्रकाश पार्नुभएको थियो ।
वैठकले नेकपा एमाले पोखराथोक गाउँ कमिटीको अधिवेशन यहि असोज १५ गते गर्ने निर्णय गरेको छ ।
कार्यक्रम गाउँ कमिटीका अध्यक्ष रामराज गौतमको अध्यक्षता र सचिव पशुपति भट्टराइको सञ्चालनमा सम्पन्न भएको हो ।