हातेमालो साहित्य प्रतिष्ठान जिल्ला शाखा अर्घाखाँचीको प्रथम बैठक सन्धिखर्कमा सम्पन्न

सरिता भुसाल  
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । हातेमालो साहित्य प्रतिष्ठान जिल्ला शाखा अर्घाखाँचीको प्रथम बैठक सन्धिखर्कमा सम्पन्न भएको छ । 
सम्पूर्ण सर्जकहरुको  आँगन, हातेमालो साहित्य प्रतिस्ठान भन्ने मूल नारालाई  सिरोधार्य  गर्दै मूलधारको सुगमताबाट साहित्यिक दुनियाँमा योगदान गरिरहनु भएका केन्द्रिकृत साहित्यकारहरु तथा देशका कुनाकाप्चा एवं भौगोलिक विकटताका बावजुद पनि साहित्यिक धरातलमा सक्रिय सहभागिता जनाइरहनु भएका सीमान्तकृत सर्जकहरुलाई एउटै साझा आँगनमा उभ्याउने लक्ष्य  लिएर राष्ट्रिय स्तरमै स्रस्टा खोजीको बाटोमा हिडिरहेको  हातेमालो साहित्य प्रतिष्ठान जिल्ला शाखा अर्घाखाँचीको प्रथम बैठक आज सन्धिखर्कमा सम्पन्न भएको हो | 
बैठकले अर्घाखाँची जिल्लामा  रहेर साहित्य  क्षेत्रमा कलम चलाउने एव साहित्य प्रेमीहरुको खोजि गरी प्रतिष्ठानमा  आबद्दले आ-आफ्नो तबरबाट खोजि गर्दै प्रतिष्ठानको सम्पर्कमा ल्याउने, जिल्ला शाखाको आर्थिक ब्यबस्थापनको  लागि स्वैच्छिक रुपमा सहयोग जुटाउने निर्णय गरेको छ । 
साथै भेलाले  सुवास पन्थीलाई सदस्य तथा  साहित्यकार असिम सागर र शोभा सिंह ठकुरीलाई जिल्ला प्रतिष्ठानको सल्लाहकार समितिमा चयन गरेको प्रतिष्ठानका सदस्य तिलक अधिकारीले जानकारी दिएका छन् । 
बैठक जिल्ला प्रतिष्ठानका अधक्ष्य बिक्रम पाण्डेको अधक्ष्यता र सचिब  प्रकास खनालको संचालनमा सम्पन्न  थियो ।