अर्घाखाँचीमा कित्ता छुट्टाउन विशेष नापीमा शनिबार पनि भिड

सरिता भुसाल / सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।अर्घाखाँची जिल्लामा बिशेष नापीले नाप नक्सालाई सकि पुर्जा बितरण गर्न सुरु गरेपछि शनिबार पनि बिशेष नापीमा जनताको भिड लागेको छ । 
तत्कालीन नेकपा माअोबादीले अर्घाखाँची अाक्रमण गर्दा मालपोत कार्यलय र नापी कार्यालयमा रहेका सबै नाप नक्सा जलेपछि जनताले सास्ती खेप्न बाध्य भएका थिए । बिशेष नापीले जिल्लाभरको नाप नक्सा गरेपछि  अहिले नामावली चेकजाच सन्धिखर्कमा सुरु गरेको छ । 
शनिबार समेत नापीका कर्मचारीले काम गरिरहेका छन् भने कार्यलयमा निकै भिडभाड लागेको बिशेष नापीका टोली नम्बर एकका प्रमुख उत्तम खड्काले बताउनु भयो । 
सन्धिखर्कमा जग्गाको मुल्य निकै अाकस्सिए पछि अहिले बिशेष नापीले सन्धिखर्कमा रहेका जग्गाको लालपुर्जा बितरण गर्ने तयारी गरेको छ । जग्गा कसैको पनि नछुटोस भन्ने उदेश्यले नापीले जग्गा हेर्न र भेरिफिकेसन गरिरहेको नापीका कर्मचारीहरु बताउछन् ।