यातायात मजुदर संघ अर्घाखाँचीको अधिबेशन तथा बतच तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न ! सबै मजदुर एक भए हक अधिकार सुनिश्चित हुने काङ्ग्रेस सभापति मुस्कानको भनाई

सुर्य प्रसाद भुसाल / सरिता भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले देश भरि छरिएका सबै मजदुरहरु एक भएमात्र मजदुर र श्रमजीवीहरुको अधिकार सुनिश्चित हुन सक्ने बताउनु भएको छ । 
नेपाल यातायात मजुदर संघ अर्घाखाँचीको जिल्ला अधिबेशन तथा यातायात मजदुर बतच तथा ऋण सहकारी संस्थाको साधारण सभाको सन्धिखर्कमा उदघाटन गर्दै सभापति खनालले मजुर संघले एतिहासिक काम गरेको बताउदै मजदुरहरुको हक र अधिकारका निम्ति पार्टी जहिले पनि लडिराख्ने बताउनु भयो । 
कार्यक्रममा नेपाली काङ्ग्रेसका बरिष्ठ नेता कमल प्रसाद भुसालले लोकतान्त्रिक अान्दोलनमा मजदुरहरुले महत्त्वपूर्ण भुमिका खेलेको बताउदै मजदुरहरु एक भएको खन्डमा मात्र अधिकार सुनिश्चित गर्न सकिने बताउनु भयो । 
कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्य देबराज श्रेष्ठ, काङ्ग्रेस जिल्ला सदस्य नेत्र प्रसाद भट्टराई, काङ्ग्रेस महाधिबेसन प्रतिनिधि असोक कुमार श्रेष्ठ, काङ्ग्रेसका पुर्व जिल्ला कोषाध्यक्ष हरि बहादुर खड्का, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक सुजन कुमार राज भन्डारी, जिल्ला सहकारी संघका बाल कृष्ण आचार्य, साथी सहकारीका प्रकाश भुसाल, नेपाल निजामती कर्मचारी युनियनका सह अध्यक्ष बिष्णु भट्टराई, कर्मचारी युनियनका पुर्ब अध्यक्ष गोबिन्द राज पौडेल, नेपाल निजामती कर्मचारी युनियन महिला बिभाग केन्द्रीय सदस्य साबित्रा पौडेल, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष सुर्य प्रसाद भुसाल लगायतले मन्तब्य राख्दै मजदुर संघले गरिरहेको कामको प्रशसा गर्नु भएको थियोे । 
यातायात मजदुर संघका जिल्ला अध्यक्ष अात्मसिह घर्तिको अध्यक्षता डिलाराम पान्डेको सन्चालनमा सम्पन्न भएको साधारण सभाले पुन: अात्म सिंह घर्तिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ जसको उपाध्यक्षमा हरि पन्थी, सचिबमा डिला राम पान्डे, कोषाध्यक्षमा केशब रिजाललाई सर्ब सहमत पदाधिकारीमा चयन गरेको छ । जसको सदस्यहरुमा उमेश घिमिरे,  गोपाल भुसाल, डम्बर श्रेष्ठ, सुसिल र लेखा समिति सयोजकमा असोक कुमार श्रेष्ठलाई चयन गरेको छ । 
मजदुर बचत तथा ऋण सहकारीले अहिले झन्डै एक करोडको कारबार सुरु गरेको छ । 
तस्बिर: फेसबूकबाट