सन्धिखर्क बसपार्क । फाइल तस्बिर
सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । बिगत १३ बर्ष देखि सन्धिखर्क बजारमा ज्याला मजजुरी गरि बस्दै आएको पोखरेली भनेर चिनिने पदम भुजेल बसपार्कमा अलपत्र अबस्थामा गम्भिर बिरामी परेका छन् ।
केही दिन पहिले अर्घाखाँची युवा परिषदको अनुरोधमा प्रहरीले जिल्ला अस्पतालमा भर्ना गरि उपचाररत रहेकै समयमा भागेर बजार तर्फ गएको थिए । अटेरी स्वभाव र बढी मदिरा पिने भुजेलका ४ छोराछोरी छन् ।
उनको स्वास्थ्य झन पछि झन गम्भिर हुँदै गएता पनि नगरबासी, नगरपालिका, प्रशासनबाट अहिले सम्म कुनै सहयोग हुन सकेको छैन् ।