रा.शि.प. सहिद स्मृति प्रतिष्ठान अर्घाखाँचीकाे बैठक सम्पन्न, भबन निर्माणलाई तिब्रता दिईने

सरिता भुसाल / सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सहिदहरुको सम्झनामा निर्माण सुरु गरिएको रा.शि.प. सहिद स्मृति प्रतिष्ठान अर्घाखाँचीको बैठक सम्पन्न भएको छ । 
बैठक विभिन्न महत्त्वपूर्ण निर्यण गर्दै सम्पन्न भएको हो । निर्यण अनुसार प्रतिष्ठान भवनको छत ढलान कार्य सम्पन्न भएकाे र अब पलाष्टर, झ्याल ढाेका राख्ने र पार्क बनाई शहिदका शालिक राख्न बाकी रहेकाले सबैसंग सहयाेगकाे माग गर्ने बैठकले निश्कर्ष निकालेको छ । यस्तै  बैठकले भबन निर्माणका लागि सहयोग गर्ने सहयोगी दातालाई धन्यवाद दिनुका साथै भवन २०७३ फागुन सम्म सम्पन्न गरि उदघाटन गर्ने लक्ष्य राखि कामलाई तिब्र गतिमा  अगाडि बढाउने निर्णय समेत बैठकले गरेको छ । 
साथै प्रतिष्ठानलाई छत ढलानकाे लागि केरूङ्गा क्रियाशिल सदस्य एवं शुभचिन्तक बाट रू १३८०००, बल्काेट क्रियाशील सदस्य एवं शुभचिन्तक  बाट रू ५००००, छत्रगंज क्रियाशील सदस्य एवं शुभचिन्तक बाट रू  ७००००, अनिता ज्ञवाली काठमाडौं बाट रू १०००००, सांसद विकास काेष मा. मान वहादुर विश्वकर्मा बाट रू ५००००, शहरी विकास, भवन डिभिजन रूपन्देही बाट रू ३००००० गरि जम्मा रू ७०८००० बाट निर्माण कार्य ठेक्का दिई रू ६७५००० मा विम र छत ढलान गरेको ठेकदारलाई भुक्तानी गरिएको छ । साथै बाँकी रहेकाे रकम रू १८००० बाट २ अाना जग्गा थपिएको छ । 
यस्तै प्रतिष्ठानले छिटै सबै सहयाेग दाताकाे नाम र सहयोग रकम सार्वजनिक गरिने र थप रकम सहयोगका लागि सन्धिखर्क, बुटवल, भैरहवा, काठमाडौं र नेपाल लगायत विदेशमा अबस्थित नेपालीहरूसंग, सरकारी तथा राष्ट्रिय / अन्तर्राष्ट्रिय गैरसरकारी निकायसंग सहयोगकाे अाग्रह गर्ने निर्णय भएको बताएको छ । 
यसभन्दा अगाडिको सहयोगमा विभिन्न निर्माण उपसमितिबाट भएको काम र रकम बारेमा मुल समित सहित बैठक बसी सबै सार्वजनिक गर्ने बिषयमा समेत छलफल भएको काङ्ग्रेस बल्कोटका नेता बाबुराम पौडेलले जानकारी गराउनु भयो । 
तस्बिर: बाबुराम पौडेलबाट