अर्घाखाँचीमा सामाजिक सुरक्षा भत्ताका लागि खाता खोल्न एमालेको आग्रह, जनताको काममा जुुट्दै सिंङ्गो एमाले

बसन्त श्रेष्ठ ​​छापेली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डटकम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत प्रदान गर्न थालेपछि नेकपा एमाले सन्धिखर्क नगरपालिका १५ नम्बर वडा कमिटि नागरिक सचेतना अभियानमा जुुटेको छ । 
बैंकिङ्ग प्रणालीबाट सुरक्षा भत्ता प्रदान गर्ने कार्य सुरुभएसँगै नगरबासी अनबिज्ञ रहेको भन्दै सार्वजनिक सूूचना नै जारी गरी टोलटोलमा पुुग्न लागेको नेकपा एमाले सन्धिखर्क नगरपालिका १५ नम्बर वडा कमिटि अध्यक्ष मधुुुकुुमार श्रेष्ठले जानकारी दिनुुभयो । बृद्ध भत्ता त अब सिधै नदिने भएछ, कसरी लिने हो, जानकारी भएन, उहाँले भन्नुभयो, यस्ता गुुनासा आउँन थालेपछि यो अभियान सुुरु गरिएको हो ।
उक्त कमिटिले अहिले आफ्नो वडाका टोलटोलमा पुुगेर खाता खोल्ने बैंक रहेको स्थान, आवश्यक कागजातको बारेमा समेत जानकारी दिने गरेको सचिव बसन्त श्रेष्ठको भनाई छ । नगरपालिकाले नागरीक मैत्री सूचना प्रणाली नअपनाउँदा सर्वसाधारण मर्कामा परेको गुुनासो आएपछि वडा कमिटिको निर्णय अनुुसार प्रचारप्रसारमा लागिएको उहाँले प्रष्ट पार्नुुभयो । एमालले दलहरु भनाईमा मात्रै जनताको सेवा गर्ने भन्ने सुनिदै आएको भ्रमलाई चिर्न पनि उक्त कार्यले सहयोग गर्ने १५ नम्बर वडा कमिटिले जनाएको छ । 
श्रोतका अनुुसार अब एमालेले पाटीका अन्य कमिटिमा समेत यो कार्यलाई निरन्तरता दिने छ । खास गरी नेकपा एमाले सन्धिर्क बिशेष नगर समन्वय कमिटि अर्घाखाँचीले अब नागरीकमा कामलाई प्राबिधिक कर्मचारीको व्यवस्था नै गरेर सेवा गर्ने तयारी गरेको नेकपा एमाले सन्धिखर्क बिशेष नगर सम्वन्वय कमिटि संयोजक युवराज श्रेष्ठले बताउँनुुभयो । उहाँका अनुुसार नगरपालिका भित्रको सम्पूर्ण काम कारबाही अब नगरपालिका कार्यालयबाटै हुुनेछ ।