चार्डपर्ब नजिकिदै जाँदा अर्घाखाँचीका सडकहरुको अबस्था नाजुक

सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । यस बर्षका महत्त्वपूर्ण चाडपर्वहरु नजिकिदै जाँदा अर्घाखाँची जिल्लाका ग्रामीण भेगका सडकहरुको अबस्था दयानिय र अस्तब्यस्त अबस्थामा रहेका छन । 
जिल्लाका सबै गाबिस तथा गाबिसका वार्ड वार्डमा समेत सडक पुगेको जिल्ला भनेर चिनिने अर्घाखाँचीका गाउँका सडकहरु मर्मत नहुँदा स्थानिय बासिन्दाले सास्ती खेप्नु परेको छ । जिल्लाका महत्त्वपूर्ण सडकहरु समेत बर्खाको बेला भलले खोलेर बिगारेको भएपनि ति सडकहरु मर्मत नभएको नहुँदा सबारी साधन चलाउने तथा सबारी धनि मात्र हैन अाम गाउँका जनताहरु मर्कामा परेको स्थानीयले बताउने गरेका छन् । 
ढिकुरामा
जिल्लाको सबैभन्दा ठुलो सडक सालझन्डी ढोरपाटन सडक समेत कन्चन खोलामा ठेकदारले काम नगर्दा सुचारु भएको छैन । सन्धिखर्क गच्छे- भालुवाङ सडकको अबस्था निकै दयानिय छ । बाटोमा ठुला-ठुला खाडलहरु छन् ठाउँ ठाउँमा पहिरोका कारण बाटो सागुरो छ भने स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन ।
Image result for अर्घाखाँची सडक
गच्छे
यस्तै जिल्लाबाट बाहिरी जिल्ला जोड्ने सडक घुम्ती पाल्पा सन्धिखर्क बल्कोट तम्घास सन्धिखर्क नुवाकोट असुरकोट प्युठान सडक सन्धिखर्क किमडाँडा पकले धारापानी चुजाठाटी सडकहरुमा समेत बिच-बिचमा खाडलहरु छन । 
जिल्ला बिकास समितिले मर्मत गर्ने भनेपनि बजेट स्वीकृत नभएको कारण समस्या भएको बुझिएको छ । सबै सडकहरु मर्मत गर्नका लागि जिल्लाका राजनीति दलहरुले ध्यान दिनु पर्ने सरोकारवाला बताउछन् ।
Image result for अर्घाखाँची सडक
धनचौर सडक