अर्घाखाँचीमा यात्रुका समस्या प्रति संवेदनशील छौँः यातायात व्यवसायी, चाँड पर्व केन्द्रित विशेष सेवा दिईने

बसन्त श्रेष्ठ ‘छापेली’
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची यातायात व्यवसायीहरुले यात्रुुका हरेक समस्या प्रति सम्बेदनशील रहेको बताएका छन् । देउराली यातायात व्यवसायी समितिले सन्धिखर्कमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा व्यवसायीहरुले सुरक्षित र भरपर्दो यात्राको अनुुभूती दिलाउँन संबेदशील रहेको बताएका हुुन । पत्रकार भेटघाट कार्यक्रममा देउराली यातायात व्यवसायी समितिका अध्यक्ष योगेन्द्र बहादुर खड्काले यात्रुुलाई सुरक्षित यात्रा दिलाउँने आफुुहरुको दायित्व भएको बताउँनुुभयो । खड्काले यातायात व्यवसाय फाईदा मुुखी नभई सेवा मुुखी भएको भन्दै यात्रुुुहरुका समस्याप्रति व्यवसायी संयम रहेको उल्लेख गर्नुुभयो । 
पत्रकार भेटघाटमा उहाँले देउराली यातायात व्यवसायी समितिले स्थापना काल देखि अहिले सम्म गरेका काम कारबाहीको बारेमा जानकारी गराउँदै चाँडपर्वका समयमा यात्रुहरुलाई विशेष सेबा दिने तैयारी गरेको बताउँनु भयो । देउराली यातायात व्यवसायी समितिले जिल्ला ३५ गाविस तथा नगरपालिका सबै वडाहरुमा सेवा प्रदान गर्दै आएको छ । समितिले सन्धिखर्क देखि काठमाण्डाँै, सन्धिखर्क देखि बुटवल, सन्धिखर्क देखि दाङ्ग, सन्धिखर्क देखि पाल्पा, सन्धिखर्क देखि प्यूूठान लगायतका ठाउँमा सेबा दिईरहेको समितिका अध्यक्ष खड्काले जानकारी गराउँनुभयो । उहाँले पछिल्लो समयमा दुर्घट्ना न्यूूनिकरण गर्नका लागि सिट क्षमता भन्दा बढि सवारी साधनमा यात्रुहरु नबोकेको जानकारी गराउनु भयो । उहाँले पछिल्लो समय ट्राफिक प्रहरी तथा जिल्ला प्रहरीको कदमले सवारी चालकहरु निरुत्साहित बनेको जानकारी गराउँनुुभयो । हुुन त प्रहरी तथा ट्राफिक प्रहरीले पनि हामी सबैको हितको लागि सवारी चेकचाँचमा कडाई गरेको हो, अध्यक्ष खड्काले भन्नुुभयो, तर सानो गल्तीमा पनि हाम्रा सवारी साधन, सवारी चालक थुुनामा पर्नुुले सवारी चालकहरु यतिवेला निरुत्साहित बनेका छन् ।
 
पुुराना गाडीको कारण सवारी दुुर्घट्ना भएको छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उहाँले सवारी दुुर्घट्ना सवारी साधन र सवारी चालकको कारणले मात्रै नहुुँने प्रष्ट पार्नुुभयो । सवारी दुुर्घट्ना, सवारी साधन, सवारी चालक, बाटोको अवस्था तथा पैदल यात्रुु यावत कारणले हुुने उहाँको भनाई थियो । यद्दपि अर्घाखाँचीको सन्दर्भमा भने दुुर्घट्ना पैदल यात्रुुका कारणले खासै नभएको जिकिर गर्नुुभयो । उहाँले अर्घाखाँचीमा बाटोको निर्माण भएपनि सबै बाटोको स्तरीकरण भने नगरिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सवारी मोडलको दृष्टिकोणले पुराना भएपनि सवारी साधन नियमित मेन्टेन्स गरे पुुरानो भएर खासै असर नपर्ने उल्लेख गर्नुुभयो । पत्रकार भेटघाट कार्यक्रममा समितिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, महासचिब प्रेम प्रकाश पान्डे, संस्थाका शिव अधिकारी लगायतका पदाधिकारीको उपस्थिति रहेको थियोे ।
देउराली यातायात व्यवसायी समितिको आठाँै अधिवेसन मंसिर ३ र ४ गते सन्धिखर्कमा गर्ने समितिले निर्णय गरिसकेको छ । समितिले हाल जिल्लामा झण्डै एक सयको हारहारीमा जीप सञ्चालन गरेको छ । त्यस्तै छोटो दुुरीका यात्रुुहरुलाई सेवा दिन भन्दै नगरपालिका क्षेत्र भित्रका लागि नगर बस समेत सञ्चालन गरेको छ भने लामो दुुरीका लागि हाईस समेत सञ्चालन गर्दै आएको छ ।