इजरायलका पूर्व राष्ट्रपति शिमोन पेरेजको निधन

इजरायलका पूर्व राष्ट्रपति शिमोन पेरेजको निधन भएको छ ।
लामो समय इजरायलको राजनीतिमा सक्रिय रहेका ९३ वर्षीय पेरेज दुई साता अघि मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना गरिएका थिए ।
अस्पतालमा उपचाररत अवस्थामै बुधबार बिहान उनको निधन भएको हो ।
उनले इजरायल र प्यालेस्टाइनबीच चर्चित  ओस्लो सन्धी  गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सोही सन्धीपछि सन् १९९४ मा उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।
उनी सन् १९४८ मा इजरायल अस्तित्वमा आउँदा नै राजनीतिमा सक्रिय थिए । राजनीतिक जीवनमा उनी दुई पटक इजरायलको प्रधानमन्त्री बने भने एक पटक राष्ट्रपति भए । (एजेन्सी)