विकट सिद्दारा गाबिस झिलिमिलि हुदै

सुर्य प्रसाद भुसाल
सन्धिखर्क, सन्धिखर्क ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सबैभन्दा विकट र कर्णाली भनेर चिनिने सिद्दारा गाबिसको चार नम्बर वार्ड र छ नम्बर वार्ड अब बिजुली बत्तिले झिलिमिलि हुने भएका छन । 
सिद्दारा गाबिसमा बिधुत र खानेपानीको सबैभन्दा ठुलो समस्या भएको स्थानिय बासिन्दा गणेश पुलामीले बताए । 
सिद्दारा गाबिसमा एउटा घरबाट अर्को घर जानका लागि चार घन्टा हिड्नु पर्ने अधिकास ठाउँमा बाध्यता छ सो ठाउँमा बिधुतको समेत निकै समस्या रहेको थियोे । अहिले नेपाल बिधुत प्राधिकरण अर्घाखाँची जिल्ला विकाश समिति अर्घाखाँची गाबिस तथा सामुदायिक बनको लगानिबाट झन्डै ७० लाखको लागतमा अहिले हर्रेबर्रे वार्ड नम्बर ४ र ६ मा बिधुत बाल्ने कार्य अन्तिम चरणमा पुगेको नेपाली काङ्ग्रेस दक्षिण खाचिका युबानेता समाजसेवी नारायण सिह बेल्बासेले बताउनु भयो । सो ठाउमा बिधुत बोलेपछि बिकट बस्तिका सयौं जनता लाभान्वित हुने नेता बेल्बासेले जानकारी गराउनु भयो । सो ठाउँ दसै अगाडि नै बिधुत बाल्ने गरि काम गरिरहेको नेपाल बिधुत प्राधिकरण अर्घाखाँचीका शाखा प्रमुख पबन कुमार शाहले बताउनु भयो । 
बिधुतको अन्तिम चेकजाँच लागि गाउँमा पुगेका प्राबिधिक र नेता नारायण सिह बेल्बासे तस्बिर: सुर्य भुसाल
दक्षिण खाचिका बिकट बस्तिहरुमा विकासका योजनाहरु जिल्ला सिन्चाई कार्यालय जिल्ला कृर्षि बिकास कार्यालय जिल्ला भु-सरक्षण कार्यालय लगायतका कार्यालयहरुबाट समेत नेता नारायण सिह बेल्बासेको पहलमा धेरै योजना जाने गरेको स्थानिय हरिनारायण बेल्बासेले बताउनु भयो ।