अन्तराष्ट्रिय थाहा दिवशमा सिआईजी अर्घाखाँची अध्यक्ष भुसाल सहित ७ जना पुरस्कृत

सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अन्तराष्ट्रिय थाहा दिवशमा सिआईजी अध्यक्ष भुसाल सहित ७ जना पुरस्कृत सूचनामा सर्वेब्यापी पहुँचका लागि अन्तराष्ट्रिय दिवश अर्थात २७ सेप्टेम्वरलाई  राष्ट्रिय सूचना आयोगले भब्यताका साथ मनाएको छ । 
सूचना लिने र दिने पक्षलाई पुरस्कृतका लागि करिव एक महिना अगाडी देखि निस्चीच मापदन्डका आधारमा सूचना प्रकाशन गरे अनुसार जम्मा ४२ वटा निवेदनहरु प्राप्त भएको आयोगका उपसचिव बेधनिधि अधिकारीले जानकारी गराउनु भएको छ । 
सूचना मागकर्ता र सूचना अधिकारीहरु सहित जम्मा १० जनालाई पुरस्कृत गर्ने योजना भएपनि तोकिएका मापदन्ड पुरा गर्न ७ जना मात्र सफ बनेका छन् । सूचना मागकर्ताबाट मुक्तिनाथ भुसाल अर्घाखाँची, प्रविण कुमार शर्मा रौटहट, सुरेश आर्चाय ललितपुर, गणेश वहादुर बाँनीया जाजरकोट र शारदा भुसाल झा काठमान्डौ तथा सूचना दिनेहरुमा लोक सेवा आयोगकी उपसचिव गिता कुमारी हुमागाई र जिविस बाग्लुङ्गका सूचना अधिकारी अखिल नाथ शर्मा रहेका छन् ।
सम्मानित भएका पत्रकार मुक्ति नाथ भुसाल 
 यसरी छनौटमा परेकाहरुलाई माननिय सर्वेच्च अदालतकी न्याधिश सपना मल्ल प्रधानको प्रमुख आथित्यता, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँश्कोटा, अतिथी सूचना आयुक्त किरण कुमार पोख्रेल, आयुक्त यशोदादेवी तिम्सिना, आयोगका सचिव शरद बिष्ट, सहसचिव महेन्द्र कुमार थापा, नेपाल प्रेस काउन्सीलका अध्यक्ष बर्ण वहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र कुमार बिष्ट आदीको उपस्थीतीमा प्रमाण पत्र र प्रत्येक ब्यक्तिलाई नगद ३० हजारले सम्मान गरिएको थियो ।
पुरस्कृत हुनेहरुको छनौट प्रक्रियाका लागि सात सदस्यीय समिति बनाईएको थियो र समितिको गहन अध्ययन तथा निर्णयले असौज १२ गते बिहान मात्र अन्तिम निर्णय सार्वजनिक गरिएको बुझिएको छ । 
समितिमा राष्ट्रिय सूचना आयोगका सचिव शरद विष्टको संयोजकमा प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यालयका सह सचिव उत्तर कुमार खत्री, सामान्य प्रशासन मन्त्रालयका सह सचिव निता पोख्रेल, सूचना तथा संन्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकाल, नेपाल पत्रकार महासंघका महासचिव उजुर मगर, नेपाल प्रेश काउन्सीलका अध्यक्ष बर्ण वहादुर कार्की र राष्ट्रिय सूचना आयोगका सहसचिव महेन्द्र कुमार थापा सहित सात सदस्यी मुल्याकंन तथा छनौट समिति रहेको थियो । 
यसरी सूचना मागकर्तावाट पुरस्कृत हुने पहिलो ब्यक्ति अर्घाखाँचीका मुक्तिनाथ भुसाल सूचना तथा सुशास अभियान, सिआईजीका अध्यक्ष हुनुहुन्छ । वहाँले बिगत ढेड बर्ष देखि सूचनाको हकलाई कार्यान्वयन तथा जनचेतनाका लागि अर्घाखाँची जिल्लामा सक्रिय अभियान सन्चालन गर्नु भएको छ ।