युवा संघ अर्घाखाँचीको सचिवालय वैठक सम्पन्न

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  स्थानीय निकायको निर्वाचनमा जुट्न युवा संघलाई पार्टी अध्यक्ष चेतनारायण आचार्यको निर्देशन  युवा संघ अर्घाखाँचीको सचिवलाय वैठक सम्पन्न भएको छ । नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न वैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । 
वैठकमा बोल्दै पार्टी अध्यक्ष आचार्यले स्थानीय निकायको निर्वाचनमा जुट्न युवा संघलाई निर्देशन दिनुभयो ।  उहाँले युवा शक्तिले पार्टीलाई मजवुत पार्ने भन्दै जिल्ला भर युवा जागरण अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो ।  उहाँले नगर कमिटी देखि गाउँ कमिटीहरु गठन गरि संगठनलाई गतिशिल बनाउन युवा संघलाई आग्रह गर्नुभयो ।  उहाँले अबको स्थानीय निकायको निर्वाचनमा एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गर्न युवा संघको सबै भन्दा ठूलो भूमिका रहने बताउनुभयो ।  
युवा संघले असोज २० गते दशैको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजन  गर्ने निर्णय गरेको छ ।  वैठक युवा संघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षता र कोषाध्यक्ष कृष्ण सेजवालको सञ्चानमा सम्पन्न भएको हो । 

अन्य समाचारहरु