अर्घाखाँची पोखरा सम्पर्क समाजको दसै शुभकामना कार्यक्रम ! सन्धिखर्क-पोखरा सिधा बस सेवा सञ्चालन ! प्रतिपक्षले साथ नदिए संविधान संशोधन हुने नसक्ने टोपबहादुर रायमाझीको भनाई (तस्बिर सहित)

वीरेन्द्र केसी 
पोखरा । पूर्वउपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले प्रतिपक्ष दलले साथ नदिए संविधान संशोधन हुने नसक्ने बताउनुभएको छ ।
उनले संविधान संशोधन मार्फत मधेशीको माग पुर गर्न सत्ता बाहिर रहेका एमाले, राप्रपा नेपाल, माले लगायतका दलले सहभागीता जनाउनुपर्ने  बताउनुभयो । ‘दुई तिहाइ बहुमत बिना संशोधन हुन नसक्ने अर्घाखाँची पोखरा सम्पर्क समाजले शनिवार पोखरामा गरेको दसै शुभकामना कार्यक्रममा बोल्दै रायमाझीले यस्तो बताउनुभएको हो । राजनीतिक संक्रमणकाल अन्त्य गरी देशलाई आर्थिक सम्बृद्धितर्फ लैजान सबैले संविधान संशोधनमा साथ दिएर तीनै तहको चुनावमा भाग लिनुपर्ने उहाले बताउनुभयो ।  अब देशमा राजनीतिक क्रान्ति पुरा भएको र अब आर्थिक क्रान्ति विना देशको विकास हुन सक्दैन । त्यसैले उत्पादनमुलक क्षेत्रमा लाग्नुको विकल्प नभएको रायमाझीले बताउनुभयो ।
 
५ नम्बर प्रदेशको भूगोललाई टुक्राउन र दाँया बाँया पार्न खोजिए जनताले प्रतिकार गर्ने चेतावनी दिनुभयो । उनले गुल्मी, पाल्पा र अर्घाखाँचीलाई ४ नम्बर प्रदेशलाई गाभ्न खोजिएको उहाले बताउनुभयो । लुम्बिनी अञ्चलका ६ वटै जिल्ला टुक्राउन नपाइने र मिलेर बसेको भूगोललाई टुक्राएर द्धन्द्ध निम्त्याउन खोजे संविधान कार्यन्यवन हुने नसक्ने बताउनुभएको छ ।
सन्धिखर्क-पोखरा सिधा बस सेवा सञ्चालन
यसैबीच अर्घाखाँची पोखरा सम्पर्क समाजको पहलमा सन्धिखर्क-पोखरा सिधा बस सेवा सञ्चालन भएको छ । पोखराको पृथ्र्वी राजमार्ग बस सञ्चालन समिति र बुटबलको पश्चिम नेपाल बस व्यावसायी संघको सहकार्य दैनिक एउटा बस सञ्चालन भएको समाजका अध्यक्ष कृष्ण पाण्डेले बताउनुभयो । दसैको बेला बस सञ्चालन भएपछि पोखरा सन्धिखर्कमा आवत जावत गर्ने सर्वसाधारणलाई ठुलो राहत भएको छ ।
विजयदशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा पोखरामा विभिन्न पेशा, व्यावसायी गर्ने अर्घाखाँचीवासीको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम अर्घाखाची पोखरा सम्पर्क समाजका अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षा, पार्वती पाण्डेको स्वागत र तिलक जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।