सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ६१ औ प्रहरी दिवश २०७३ को उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र जिल्ला खेलकुद बिकास समिति अर्घाखाँचीको संयुक्त आयोजनामा नकआउट चरणको जिल्ला स्तरिय भलिवल प्रतियोगिता सोमबारबाट सन्धिखर्कमा सुरु हुने भएको छ ।
सो प्रतियोगिताका लागि अहिले सम्म अाठ टिमले नाम दर्ता गराईसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नबरत्न पौडेलले जानकारी दिनु भयो ।
खेलको सबै तैयारी समेत पुरा भएको उहाले बताउनु भयो सोमबार दिनको १२ बजेबाट हुने भलिबल खेलको प्रथम पुरस्कार बोका तथा द्धितिय पुरस्कार – रु.५०००। तृतिय पुरस्कार – रू. २५००\ २५००। राखिएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सिद्धी प्रसाद भुसालले बताउनु भयो ।