निजामति कर्मचारी संगठन अर्घाखाँचीले बिजया दशमी शुभकामना आदानप्रदान कार्यक्रम ! कर्मचारीले सेवाग्राहीको मन जितेर काम गर्नुपर्छ

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची असोज १६ ।  कर्मचारीहरुले सेवाग्रहीको मन जितेर काम गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । 
राज्य संञ्चालनमा कर्मचारीतन्त्रको महत्वपूर्ण भूमिका रहेने भन्दै कर्मचारीहरुले आफ्नो जिम्मेवारीलाई ख्याल गर्दै काम गर्नुपर्ने बताए । नेपाल निजामति कर्मचारी संगठन अर्घाखाँचीले बिजया दशमीको अवसर पारेर गरेको  शुभकामना आदानप्रदान कार्यक्रममा बाल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।  उनीहरुले कर्मचारीलाई भ्रष्टचार गर्ने आरोप लाग्ने गरेको र कसैले गरेको समेत पुष्टि भएको भन्दै पारदर्शी काम गर्नुपर्ने आंैल्याए ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई सम्मान गर्दै संगठनका कार्यवाहक अध्यक्ष कविसंह कठायत  
 सोहि अबसर पारेर जिल्लाबाट सरुवा भएर जान लाग्नुभएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई सम्मान तथा विधाइ समेत गरिएको छ । कार्यक्रमका बोल्दै  प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लामा रहँदा आफूले कर्मचारीहरुलाई जिम्मेवार ढंगले काममा लगाउन कुनै कसुर बाँकी नराखेको बताए । उनले कर्मचारीले जनताको मन जितेर काम गर्न सके मात्र उसको इज्जत रहने बताए ।
 स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले कर्मचारीले मुस्कन सहितको सेवा प्रदान गर्नुपर्ने बताइन ।  उनले जनताले तिरेको करबाटै कर्मचारीले तलव उपभोग गर्ने भन्दै सेवाग्राहीलाई कहिल्यै पराइ देख्न नहुने बताइन । कार्यक्रममा पेशागत महासंघका अध्यक्ष तिलक मिश्र,  नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष राजेन्द्र राना, निजामति कर्मचारी संगठनका कार्यवहाक अध्यक्ष कविसिंह कठायत, संगठनका चिरञ्जिवि अधिकारी, उत्तम खड्का, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी लगायतले मन्तव्य राखेका थिए ।