आर.सि.एच.डि.सी अर्घाखाँचीको अध्यक्षमा अधिकारी निर्वाचित

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची  असोज १६ ।  ग्रामणि तथा सामुदायिक स्वास्थ्य विकास केन्द्र ( आरसिएचडिसि )  अर्घाखाँचीको अध्यक्षमा ठाकुर अधिकारी निर्विरोध निर्वाचित भएका छन् । 
सस्थाको १४ औं वार्षिक साधरण सभा तथा सातौं अधिवेशनले अधिकारीको नेतृत्वमा नौं सदस्यीय नयाँ कार्य समितिको चयन गरेको हो । जस्को उपाध्यक्षमा राधा नेपाली, सचिवमा विजय केसी, सहसचिवमा नारायण खड्का र कोषाध्यक्षमा मिरा बस्याल चयन भएका छन् । यस्तै सदस्यहरुमा रोमाकान्त बेल्बासे, हुम बाहुर विक, र उमा विक रहेका छन् । बाँकी एक जनालाई मनोनित गरिने नवनिर्वाचित समितिका अध्यक्ष अधिकारीले जानकारी दिए । यस्तै शालिकराम आचार्यको संयोजकत्वमा तिन सदस्यीय सल्लाहकार समितिको गठन गरिएको छ । जस्को सदस्यमा श्रीकृष्ण भुसाल र धुव्र केसी रहेका छन् ।  
कार्यक्रमको नेकपा एमाले अर्घाखाँचीका सचिव रामबहादुर चौहानले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले संस्थाले विभिन्न परियोजना मार्फत जिल्लाको विकासमा टेवा पु-याएको बताए । उनले विभिन्न कार्यक्रमहरु भित्राएर धेरैलाई रोजगारी प्रदान गरेको भन्दै संस्थाका पदाधिकारीहरुलाई धन्यवाद दिए । सचिव चौहानले एनजिओआइएनजिओले देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले  केहि एनजिओहरुले खराब काम गर्दा सबै एनजिओहरुलाई असर परेको भन्दै सामाजिक भावना जागृत हुने ढंगले काम गर्न संस्थालाई आग्रह गरे ।
 निवर्तमान अध्यक्ष शम्भु पाख्रेलले संस्थाले स्वास्थ्य क्षेत्रमा विभिन्न महत्वपूर्ण कामहरु सञ्चालन गर्न लागेको बताए । उनले संस्थाले एम्वुलेन्स सेवा सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । उनले आफूहरुको संस्थाले विकास निर्माणका कामहरु देखि लिएर सामाजिक न्यायका कार्यक्रमहरु सञ्चालन गरेको बताए । उनले आफूले जीवनको उर्जा शिल समय यहि संस्थाको लागि समर्पण गरेर नेतृत्व हस्तान्तरण गरेको बताए । उनले आफू संस्थाको कार्यकारी निर्देशकको रुपमा रहेर काम गर्ने जानकारी दिए । 
कार्यक्रममा  संस्थाका संस्थापक अध्यक्ष शालिकराम पोख्रेल, नेकपा एमालेका प्रचार विभाग प्रमुख भोजबहादुर गन्धर्व, नेकपा माओवादी केन्द्रका राजेन्द्र आचार्य, संस्थाका धुव्र आचार्य, रोमाकान्त बेल्वासे, पत्रकार नविन केसी लगायतले मन्तव्य राखेका थिए ।