दुर्घटना न्युनिकरणको लागि सन्धिखर्कमा अन्तरक्रिया

शोभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सुरक्षित यात्रा नेपालको आयोजनामा सदरमुकाम सन्धिखर्कमा दुर्घटना न्युनिकरणमा सरोकार वालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा मन्तव्य राख्दै अञ्चल प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शेर बहादुर बस्नेतले मानविय,यान्त्रीक र सडकको दुरावस्थाका कारण सबारी दुर्घटना हुनेगरेको बताए । ट्राफिक नियमको पूर्ण रुपमा पालना, सबारी साधनको सहि कन्डीसन र सडकको अबस्थामा सुधार ल्याउन सकेमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने भन्दै उनले  भने, सवारी दुर्घटना न्यूनीकरण को लागि सबै पक्ष एकजुट भएर लाग्नु पर्दछ । हामीले एक आपसमा दोसारोपण गर्दै जाँदा कैयौ व्यक्तिको ज्यान जाने गरेको भन्दै ,उनले सवारी दुर्घटना पूर्ण रुपमा न्यूनीकरण गर्नको लागि प्रहरीले कुनै कसर बाँकी नराख्ने बताए । 
कार्यक्रममा  मन्तव्य राख्दै क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रमुख प्रहरी  उपरीक्षक प्रकास अधिकारी,स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतम, प्रहरी  नायव उपरीक्षक नवरत्न पौडेल,नेपाली कांगे्रसका पूर्व जिल्ला सभापती कमल प्रसाद भुसाल, एमाले सचिव राम बहादुर चौहान,नेकपा माओवादी केन्द्रका सह संयोजक तोज बहादुर रायमाझी,राष्ट्रिय जनमोर्चाका कमल प्रसाद घिमीरे र नयाँ शक्तिका पुष्करनाथ आचार्य ले सवारी साधन संचालनमा देखीएको सिन्डीकेट को पूर्णमा अन्त्य गरीनुपर्नेमा जोड दिए । दशैंको मौका छोपेर व्यवसायी हरुले सबारी साधनमा सिट क्षमता भन्दा बढी  यात्रु राख्न पाउनुपर्छ भनी सरकार सँग माग राख्नु गलत भएको बताउँदै उनीहरुले कुनैपनी हालतमा ट्राफिक नियमका उलंघन गर्न दिन नहुनेमा जोड दिए । 
सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेल्वासेको अध्यक्षता र मेलीना सिंह ठकुरीको संचालनमा सम्पन्न कार्यक्रममा देउराली यातायात व्यवसायी समितीका अध्यक्ष योगेन्द्र खड्का,उद्योग बाणिज्य संघका बरीष्ठ उपाध्यक्ष असोक श्रेष्ठ,पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, सुरक्षित यात्रा नेपालका कृष्ण पोखे्रल,बिद्यार्थी नेता कुलराज बन्जाडे,यातायात मजदुर संघका अध्यक्ष आत्म सिंह घ.म. लगायतका बन्ताहरुले मन्तव्य राख्दै, सवारी दुर्घटना न्यूनी करणको पक्षमा आवाज उठाए ।
सन्धिखर्कमा  ।  फाइल