सन्धिखर्कमा दशै बजारको चहलपहल बढेयो, कार्यालयमा सेबा ग्राही सुन्य हुदै

Photo8
महानचाड दसैं नजिकिदै जाँदा भारतको राजधानी नईदिल्लीबाट आएका यात्रुहरु सन्धिखर्क स्थित बसपार्कमा उत्रिदै ।

सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । हिन्दु नेपालीहरुको महान पर्ब दसैको चहलपहल बजारमा अत्यन्तै बढेको बजारबासीले बताएका छन । बजारमा अहिले दैनिक चहलपहल ८० प्रतिशतले वृद्धि भएको छ । 
बजारमा देश बिदेशबाट अाउनेको भिड सुरु भएको छ भने बजार अाएपछि बिहान बेलुका गाउँमा जानेको संख्या निकै बढेर गएको प्रहरीको रेकर्डमा उल्लेख छ । 
बिदेशमा रहेका अधिकांस युवाहरु दशै मान्न घर अाउनेक्रम जारी छ । बुटवल काठमाडौंबाट सन्धिखर्क आउने बस तथा जिप गाडीहरु खचाखच भरिएर अाउने गरेका छन ।
यता जिल्लाका सबै गाउँमा कच्ची बाटा भएका कारण सबै ठाउँमा ट्याक्सी गाडी र जिपहरु गाउँमा यात्रु लिएर रिजर्भ समेत गुडिरहेको बुझिएको छ । बिगतको बर्ष भन्दा यस बर्ष बाहिरबाट दसै मान्न अाउने यात्रुको संख्या बढने अनुमान गरिएको छ । 
उता राज्यका सरकारी कार्यालयहरु दिन प्रतिदिन सुनसान हुन शुरु गरेका छन । सेबा ग्राहिहरु अहिले काम लिएर सरकारी कार्यालय जाने भन्दा पनि गाउँको काममा ब्यस्त हुने भएको कारण सेबा लिन अाउनेको संख्या दिन प्रतिदिन घट्दो भएको कार्यालयका कर्मचारीले स्वीकार गर्ने गर्छन् ।