अर्घाखाँचीमा जिल्ला स्तरिय भलिबल प्रतियोगिता सुरु ! शान्ति सुरक्षासँगै खेलकुदको क्षेत्रलाई प्राथमिकता दिएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाई (तस्बिर सहित)

– जिल्ला प्रहरी कार्यलय अर्घाखाँची A र डिभर्ना A बिच भएको खेलमा डिभर्ना ले जित हासिल गरेको छ सोमबार ६ वटा खेल भएका छन । 
त्यस्तै डिभर्ना B र जिल्ला प्रहरी कार्यलय B बिच भएको खेलमा जिल्ला प्रहरी 

कार्यालय

ले जित हासिल गरेको छ अाज अाठ वटा खेल सम्पन्न भएको छ 

। 


सुर्य प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नबरत्न पौडेलले शान्ति सुरक्षा सँगसँगै खेलकुदको क्षेत्रलाई पनि अाफुले प्राथमिकता दिएको बताउनु भएको छ । 
६१ अौ प्रहरी दिबसको अबसरमा सन्धिखर्कमा अायोजना गरिएको जिल्ला स्तरिय भलिबल प्रतियोगिताको सर्भिस गरि उदघाटन गर्दै प्रहरी नायब उपरीक्षक पौडेलले खेलकुद मानिसको सबैभन्दा महत्त्वपूर्ण किया्याकलाप भएको बताउदै खेलकुदको क्षेत्रलाई सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । 
खेल हेर्दै जिल्लाका कार्यालयका प्रमुख तथा राजनीतिक दलका नेता प्रहरी नायब उपरीक्षक नबरत्न पौडेल खेलकुद बिकास समितिका अध्यक्ष सिद्दी प्रसाद भुसाल । 
भलिबल उदघाटन कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी नारायण खत्री, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सिद्दि प्रसाद भुसाल, सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत रामजि जोशी, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता कमल प्रसाद भुसाल, नेकपा एमालेका सचिब राम बहादुर चौहान, माअोबादी केन्द्रका नेता राम बहादुर रायमाझी, प्रहरी निरिक्षक सुजन राज सिह भन्डारी, कुल प्रसाद चौधरी,  अर्घाखाँची युवापरिषदका अध्यक्ष कृष्ण भुसाल,  नेपाल प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल लगायत जिल्लाका खेलाडीहरु बजारबासी खेल प्रेमि दर्शक कर्मचारीहरुको सहभागीता रहेको थियोे । 
खेलकुद प्रतियोगिता जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र जिल्ला खेलकुद बिकास समितिको सयुक्त अायोजनामा गरिएको हो । खेलकुद प्रतियोगितामा नौ वटा बिभिन्न टिमले सहभागीता जनाएका छन । 
सोमबार सबुज गण म्यालपोखरी ब्यारेक र सुपादेउराली युबा क्लब बिच प्रतिस्पर्धा भएको थियोे खेलमा सबुज गण म्यालपोखरी ब्यारेकले जित हासिल गरेको थियोे भने अर्घाखाँची युवा परिषद र अर्घाखाँची युथ सेवा  बिच प्रतिस्पर्धा हुँदा युबा परिषदले जित हासिल गरेको छ । 
मंगलबार बिहान सात बजेदेखि भलिबल सुरु हुने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सिद्दि प्रसाद भुसालले जानकारी दिनु भयो ।