अर्घाखाँचीका नयाँ प्रजिअ कटुवालद्वारा जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्नु अाफ्नो पहिलो दायित्व भएको उल्लेख

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा भर्खर सरुवा भई अाउनु भएका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्नु अाफ्नो पहिलो दायित्व भएको बताउनु भएको छ । 
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा कर्मचारीहरुले गरेको स्वागत ग्रहण पछि अाफ्नो प्रतिकिया दिदै प्रमुख जिल्ला अधिकारी कटुवालले सेबा ग्राहिलाई मुस्कान सहितको सेबा छिटो छरितो सेवा दिनका लागि उहाले निर्देशन दिनु भएको छ । 
उहाले जिल्लामा अनियमितता गर्ने जनताको काम प्रति बफादार नहुने जो कहिलाई पनि अाफुले छुट नदिने बताउदै जिल्लाका सबै खालका समस्या समधान गर्नका लागि जिल्लाबासी सबैको सहयोगको अपेक्षा अाफुले गरेको बताउनु भयो । 
प्रजिअ कटुवालले अर्घाखाँची जिल्लाको बिकास निर्माण देखि जिल्लामा शुशासन कायम गर्दै भष्टचारको अन्त्य, सेबालाई तुरुस्त दुरुस्त बनाउदै जनमुखि सेवा दिनु नै अाफ्नो पहिलो दायित्व हुने बताउनु भयो । 
प्रजिअ कटुवालले सोमबार नै अाफ्नो पदभार ग्रहण गर्नु भएको छ ।