प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम । विषाक्त खानेकुरा खाएर अचेत भएका प्युठान बाङे मराठा गाबिस वार्ड -४ का एकै परिवारका पाँच जनालाई जिल्ला अस्पताल सन्धिखर्कमा भर्ना गरिएको छ ।
विषाक्त खानाका कारण बिरामी हुनेमा मनकला तामाङ – ४९, छोरीहरु मिना – १८, रिता – १४, सुमित्रा -१० र ११ वर्षय छोरा नारायण रहेका छन् ।
उनिहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भईरहेको छ । गएरातिको खानाले उनीहरुमा फुड प्वाइजन भएको पाइएको अस्पतालले जनाएको छ। खाना खाई सुत्ने बेलामा अचानक सबैको पेट दुख्ने, रिँगटा लाग्ने, वान्ता हुने समस्या आएपछि अस्पताल पुर्याइएको थियो। सबैको अवस्थामा सुधार भइरहेको अस्पतालले बताएको छ ।