रोटरी ईन्टरनेसनल अमेरिकाले रोटरी क्लब अर्घाखाँची सित सहकार्य गरि बिभिन्न बिधालयहरुको भबन निर्माण गर्ने

 सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । रोटरी ईन्टरनेसनल ६२५० अमेरिकाले रोटरी क्लब अर्घाखाँची सित सहकार्य गरि अर्घाखाँची जिल्लाका बिभिन्न बिधालयहरुको भबन निर्माण गर्ने अासपासन दिएको छ । 
रोटरी क्लब अर्घाखाँचीले नेपाल राष्ट्रिय उच्च माध्यमिक बिधालयमालाई भबन निर्माणका लागि अार्थिक सहयो उपलब्ध गराउने अास्पासन टिम लिडर डाक्टर डेभिड क्लीमिन्सले प्रतिबद्धता ब्यक्त गर्नु भयो । 
रोटरी ईन्टरनेसनल अमेरिकाको डेभिड नेत्रित्वमा १० जनाको टोली नेपाल अाएको हो । टोलीले बुधबार ढिकुरा गाबिसमा रहेको शारदा उच्च माबिको बिधालय भबन निर्माणका लागि सहयोग गर्नका लागि शारदा उच्च माबिमा हुने स्वागत कार्यक्रममा सहभागीता जनाउने र बिहिवार खिल्जीमा रहेको बिधालयमा हुने कार्यक्रममा सहभागी हुने रोटरी क्लब अर्घाखाँचीका अध्यक्ष गोपाल पन्थिले जानकारी दिनु भयो । 
सो टोलीले जिल्लाका तिन बिधालयका लागि झन्डै नौ करोड रुपैयाँ सहयोग गर्ने अास्पास दिएका छन ।