सिद्धारा – ३ मा पहिलो पटक विजुली आउँदा खुशीयाली

सिद्धारा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सिद्धारा गाविसको वडा नम्बर ३ मा मंगलवारबाट पहिलो पटक विजुली बलेको छ ।
जिल्लाको अति ठूलो र दुर्गम मानिने सिद्धारा गाविसमा पहिलो पटक विजुली बाल्न पाउँदा त्यहाँका स्थानीयहरु खुसीले  भएका छन् । 
सिद्धारा गाविसको वडा नम्बर ५ मौवाबारीमा कपिलवस्तुबाट र वडा न. १ को नयाँ वस्तीमा दाङ्गबाट लाइन विस्तार गरी जम्मा २ वटा टोलमा मात्र यसअघि विजुली बलेको थियो । 
नेपाल प्राविधिकरण अर्घाखाँची बितरण शाखाको लाइनबाट भने सिद्धारामा बिजुली बलेको यो पहिलो पटक हो । लाइन बिस्तार गर्ने क्रम जारी भएपनि एलटी लाइन बिस्तार गरिएको वडा नं ३ बर्रे र वडा ४ हर्रे मध्ये बर्रेमा मात्र लाईन बिजुली बलेको छ । 
हर्रेमा भने ट्रान्सभफर्मरमा चार्ज गर्ने काम बाकी रहेकाले दशैमा बिजुली बाल्ने सपना अधुरो रहेको छ । दशैँको मुखमा आएर बर्रेका २६ घर बिजुलीको उज्यालोले झिलिमिली भएपछि स्थानीयले दशैँको बेग्लै रौनकता छाएको त्यहाँबाट हिमलाल बेल्वासेले बताउनुभयो ।