अर्घाखाँचीका लागि छुटेको हायस नवलपरासीमा दुर्घट्ना

काठमाडौं ( अर्घाखाँचीडट्कम) । काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको हायस नवलपरासीमा दुर्घट्नामा परेको छ । 
काठमाडौंबाट सन्धिखर्कको लागि छुटेको बा २ ख २०४१ नम्बरको हायस र बुटवलबाट काठमाडौंका लागि छुटेको ना ६ ख ८८७ नम्बरको बस एक आपसमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती ११ लोकाहाखोला पुलमा बिहान ६ः १० बजे ठक्कर खादा कम्तीमा पनि २१ जना घाइते भएका छन् । घाइते हुनेमा ध्रेरै अर्घाखाँची जादै गरेका हायसका यात्रु रहेका छन् । घाईते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । समाचार अनुसार बसमा सवार ६ र माईक्रोमा सवार १९ जना घाईते भएका हुन् ।
गम्भीर घाईते हुनेहरुमा अर्घाखाँचीका ढिकुराकी २२ बर्षीय मञ्जु घिमिरे, सन्दिखर्कका ३२ बर्षिय श्रीधर मरासीनी, उनकी ४ बर्षकी छोरी पे्ररक, ढिकुराका २९ बर्षका पुष्पा भुसाल, खिनडाँडाका बर्ष ३५ का योगेन्द्र पराजुली र रुपन्देही १० बस्ने बर्ष २१ कल्पना पौडेल रहेका छन् ।सामान्य घाईते  हुनेहरुमा अर्घाखाँचीका कृष्ण रायमाझी, अंकित पन्थी छन् । अन्यको परिचय अहिले सम्म खुल्न सकेको छैन । 
घाईतेहरु अधिकांसको भरतपुरमा उपचार भईरहेको छ भने ६ जना विरामीहरुको देवचुली अस्पताल दलदलेमा उपचार भईरहेको छ ।  दुर्घटनामा हायस चालक  गम्भीर घाइते भएका छन् ।     
दशै मनाउन घर जादै गरेको अवस्थामा उनिहरु दुर्घट्नामा परेका हुन् ।       
तिब्र गतीका कारण उक्त राजमार्गमा सडक दुर्घट्ना भएको बताइएको छ ।     
तस्बिर: विनु अधिकारीबाट