अर्घाखाँचीमा सर्वदलिय बैठक ! पाँच नम्बर प्रदेशलाई तलमाथि गरिए निर्णायक लडाई लड्ने टोपबहादुर रायमाझीको चेतावनी

घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची, २२ असोज ।  पुर्व उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले मधेसी मोर्चाको माग सम्वोधन गर्ने वाहनामा ५ नं. प्रदेशममा रहेका  जिल्लाहरुलाई टुक्र्याउन नहुने बताएका छन । 
शनिबार अर्घाखाँची जिल्लामा सक्रिय राजनिति दलहरुको सर्वदलिय बैठकमा रायमाझीले मिलेर बसेका जिल्लालाई सिमांकन मिलाउने नाममा अलग बनाएर क्षतविक्षत बनाउने काम भए कसैले नमान्ने बताए । ‘यदि सिमांकन मिलाउने नाममा त्यसो गरिए हामी अर्को निर्णायक लडाइँ लड्छौं’, उनले भने, ‘पाँच नम्बर प्रदेशलाई तलमाथि गरिए कुनै हालतमा मान्दैनौ । त्यसको प्रतिकार र विरोधको लागि निर्णायक लडाइँमा उत्रन्छौं ।’
विवाद नभएको ठाउँमा अनावश्यक विवाद बल्झाउन यस्तो षडयन्त्र गरिएको बताए । जनताको मागलाई वेवास्ता गरी प्रतिकुल निर्णय हुनगएमा कडा आन्दोलन हुने र हामी सम्पुर्ण सक्रियताका साथ सहभागी हुने बैटकले निर्णय गरेको नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु प्रसाद खनाल मुस्कानले बताए ।
बैठकमा ५ नम्वर प्रदेश  हेरफेर काटछाट तथा पुनः प्रस्ताव गर्ने हल्ला सुन्न आएको हुदाँ अर्घाखाँची जिल्लामा रहेका क्रियाशिल राजनितिक दलहरुले यथावत राख्न कुनैपनी बाहनामा टुक्रयाउन नपाईने बताएका छन ।