माअोबादी केन्द्र अर्घाखाँचीको भेला-प्रशिक्षण र दशै तिहारको शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न, रायमाझीद्वारा पाँच नम्बर प्रदेश टुक्राउन खोजे भिषण अान्दोलन गर्ने चेतावनी

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । पुर्व उपप्रधानमन्त्री तथा नेकपा माअोबादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पाँच नम्बर प्रदेशलाई कसैले तलमाथि गराउने खोजे त्यसको डटेर प्रतिकार गर्ने बताउनु भएको छ । 
नेकपा माअोबादी केन्द्र जिल्ला समिति अर्घाखाँचीले अायोजना गरेको एकता भेला तथा पार्टी प्रशिक्षण र दशै तिहारको शुभकामना अादान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता रायमाझीले पाँच नम्बर कसैले तलमाथि गराउन खोजे अाफुले केन्द्रीय लेभलमा त्यसको प्रतिबाद गर्ने बताउनु भयो । 
उहाले सम्बिधान कार्यनयनका लागि तिन पार्टी मुख्यतया एकै ठाउँमा उभिनु पर्ने बताउदै एक बर्ष भित्र तिन ओटै तहको निर्बाचन गराउन सरकार लागि परेको बताउनु भयो । 
रायमाझीले सहमति सहकार्य एकताबाट मुलुक चलेको बताउदै मधेसका समस्या निकै चुनौतीपूर्ण रहेको बताउदै एमाले सकरात्मक नभए समस्या समधान गर्न कठिन हुने सकेत गर्नु भयो । 
रायमाझीले अर्घाखाँची जिल्लाको बिकास निर्माणका लागि अाफुले ठुलो भुमिका खेलेको बताउदै बिकास निर्माणमा जुट्न सबै कार्यकर्ताहरुलाई अाग्रह गर्नु भयो ।  संगठन बिस्तारलाई गाउँ-गाउँ टोल टोलमा  लैजानका लागि नेता कार्यकर्तालाई अाग्रह गर्दै रायमाझीले जिल्लाको बिकास गर्ने कार्यको नेत्रित्व आफुले गरेको जिकिर गर्नु भयो । 
कार्यक्रममा माअोबादी केन्द्रका पोलिटब्युरो सदस्य तथा अर्घाखाँची ईन्चार्ज चन्द्द बहादुर खड्का उज्वलले संगठन बिस्तारलाई अहिले अाफुहरुले तिब्रता दिएको बताउदै बिकास निर्माणका काममा लाग्न कार्यकर्ताहरुलाई अाग्रह गर्नु भयो । उहाले जिल्लामा नयाँ काम र बिकास निर्माणका कामको माअोबादीले नेत्रित्व गरेको जिकिर गर्नु भयो । कार्यक्रम जिल्ला संयोजक ठाकुर कुमार बिकको अध्यक्षतामा सम्पन्न भएको हो ।