धनचौरमा अनैतिक सम्बन्ध छताछुल्ल भएपछि कल्पनाको हत्या आफ्नै जेठाजुबाट भएको खुलाशा

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको धनचौरबाट बेपत्ता भई राप्ती नदी (झिमरुक नदी मुनी )को खोचमा मृत फेला फरेकी कल्पना भुसालको हत्या आफ्नै छिमेकीले गरेको खुल्न आएको छ । हत्याको कारण अनैतिक सम्बन्ध रहेको छ । 
कल्पनालाई छिमेकी गणेश भुसालले हत्या गरेका हुन् । अभियुक्त गणेशले आफ्नै १३ दिने दाजुभाइकी बुहारी पर्ने कल्पनालाई रिसको झोँकमा हतियार प्रयोग गरी हान्दा बेहोस भएकी र गाउँलेले थाहा पाउँछन् भनी मारेको प्रहरी सँग स्वीकार गरेका छन । कल्पनाको हत्यापछि २ घण्टाको बाटोपर्ने झिमुरुक नदिमा बोरामा लगेर फालेको उनले स्वीकार गरेका छन । 
गणेशकी पहिलो श्रीमतीको एक छोरी जन्मेको समयमा रक्तस्राव नरोकिदा मृत्यु भएको र अर्को श्रीमतिलाई मृतक कल्पनाले नै बिबाह गरिदिएको उनले बताएका छन । गणेशको कल्पनासँग अनैतिक सम्बन्ध रहेको र दुई बिचको सम्बन्ध बढेर छताछुल्ल हुनुका साथै यसै बिषयमा आपसी बिबादमा रिसको झोँकमा घटना भएको उनले स्वीकार गरेका छन ।
घटनालाई सघाउने गणेशका बुवा खेमराज भुसाललाई  पनि अनुसन्धानका लागि प्रहरीले थुनामा राखेको छ । प्रहरीले ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने तैयारी गरिरहेको छ । घटनामा अरुको पनि संलग्नता भए – नभएको बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।  गणेश नेकपा एमाले धनचौर गाबिसका निवर्तमान अध्यक्ष हुन्।
धनचौर गाबिस वार्ड नम्बर ५ स्थित भिमलाल भुसालकी श्रीमती कल्पना भुसाल गत असोज १८ गते साँझ ५ बजे देखि हराइकी थिईन् ।  ३४ वर्षिया कल्पना धनचौर -५ देउराली स्थित रुद्र किरना पसलबाट दशैको लागि समान खरिद गरी खुल्ला पैसा लिई घर तर्फ लागेको तर बिच बाटो हराएकी थिईन । 
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नबरत्न पौडेलको टोलीले कल्पनाको शब राप्ती नदी (झिमरुक नदी मुनी )को खोचमा फेला परेको थियो । 
गणेशले घटनापछि आफू समेत सहभागी बनि मृतककी बहिनी चन्द्रा खनाललाई दिदी हराएकोले खोजी गरिदिन भनि जिल्ला प्रहरी कार्यालयमा समक्ष निवेदन दिन लगाएका थिए।