मैदानको भर्तापुर चेनडाँडामा सराय नाच सम्पन्न

 प्रदिप सूर्यवंशी
मैदान, अर्घाखाँची २०७३ असोज २७ । अर्घाखाँची जिल्ला मैदान ९ भर्तापुर स्थित चेनडाँडामा रहेको आलम देवी मन्दिरमा सराय नाच तथा पुजाआजा भएको छ । 
प्रत्येक वर्ष विजया दशामी अर्थात वडा दशैको द्वादशी तिथिको दिन गरिने यो नाँचमा पन्चेवाजाको साथमा पन्चगोली र मेड़ों ल्याउने चलन रहेको छ । 
भर्तापुरको चेनडाँडामा रहेको आलम देवीको मन्दिरको साखा मानिने यो मन्दिरमा वि.स २०५६ अश्विन देखी सुरुवात गरिएको यस मन्दिरमा लामो समय देखी पुजा आर्चना गर्दै आउनु भएका पुजारी डासुराम वेल्वासेले जानकारी दिनु भएको छ । 
विस २०५६ मा निर्माण गरिएको यो मन्दिरमा पौवा निर्माण गर्न नसकिएको र यस विषयमा सरोकारवालाले ध्यान दिन नसकेको अवस्थामा पुजापाठ गर्न र मन्दिर व्यावस्थापनका सामग्री राख्न समेत असुविधा रहेको गुनासो पुजारी तथा  मन्दिर व्यावस्थापन समितीका शेर वहादुर गाहा र नागरिक मंचको अध्दक्ष बुद्धि वहादुर गाहाको  गुनासो रहेको छ । 
यस्तै विकास निर्माण तथा विकासको पुर्वधारको विषयमा गावीसवाट कम चाँसो नदेखाईएको नागरिक मंचको अध्दक्ष बुद्धि वहादुर गाहाले वताएका छन ।