खाचिकोटको मैदानमा सराय मेला सम्पन्न ( तस्बिर सहित)

खाचिकोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । आज महान चाड दशैं टीकाको तेस्रो दिन त्रयोदशी । अर्घाखाँची जिल्लाको खाचिकोटको मैदान स्थित खाँची भगबती मन्दिरमा त्रयोदशीका अवसर पारेर शुक्रबार बृहत सराय जात्रा निकालेर फूलपाती बिसर्जन गरिएको छ ।
उक्त सराय मेलामा जिल्लाका ठाडा, अमराई, नरपानी, सन्धिखर्क, नुवाकोट, धन्चौर लगायतबाट हजारौं दर्शनार्थीहरु आएका थिए।
 
भगबती मन्दिरमा चढाइएको फूलपाती लिई पञ्चेबाजाको तालमा खुडा, खुकुरी, तरवार नचाउँदै निकालिइको सराय जात्रा मैदान बजार परिक्रम गरी भगबती मन्दिरबाट फूलपाती लिई हजारौको संख्यामा हाथमा घरेलु हथियार लिएर सरायँ खेल्दै फूलपाती विसर्जन गरिएको हो ।

अन्य समाचारहरु