सन्धिखर्कमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम ! टोपबहादुर रायमाझीद्वारा ५ नम्बर प्रदेश टुक्राउन खोजे भिषण अान्दोलन गर्ने चेतावनी

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेकपा माओवादी केन्द्रका नेता एबम पुर्ब उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पाँच नम्बर प्रदेश टुक्राउन खोजे अाफुहरुले भिषण अान्दोलन गर्ने चेतावनी दिनु भएको छ । 
रिपोर्टरस क्लब अर्घाखाँचीले सन्धिखर्कमा अायोजना गरेको चियापान कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता रायमाझीले अखण्ड पाँच नम्बरका लागि अाफुहरु लडिरहेको दावी गर्नु भयो । 
रायमाझीले सबिधान सम्सोधन गरेर भएपनि मधेसको समस्या समधान गर्नका लागि नेकपा एमाले समेत सकरात्मक हुनुपर्ने बताउदै सहमति सहकार्य एकताबाट मुलुक अगाडि बढेको बताउनु भयो । रायमाझीले २०७४ साल भित्र स्थानीय लगायत तिन तहको निर्वाचन गराउन सरकार लागि परेको बताउदै निर्बाचन एक बर्ष भित्र गराउनु बाध्यतात्मक परिस्थिति रहेको बताउदै अर्घाखाँचीको बिकास निर्माणका लागि अाफुले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको दावी गर्नु भयो । 
कार्यक्रममा दार्चुलाका जिल्ला न्यायाधीश दुर्गा प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल स्थानिय बिकास अधिकारी लक्ष्मि पान्डे गौतम जिल्ला शीक्षा अधिकारी लिला बहादुर राउत प्रहरी नायब उपरीक्षक नबरत्न पौडेल सबुज गण म्याल पोखरी ब्यारेकका गणपति लक्ष्मि भक्त श्रेष्ठ नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल, नेकपा एमालेका उपसचिव प्रेम नारायण गैरे, नेकपा माअोबादी केन्द्रका पोलिटब्युरो सदस्य चन्द्र बहादुर खड्का, माअोबादी केन्द्रका जिल्ला सयोजक ठाकुर कुमार बिक, राष्ट्रिय जनमोर्चाका सचिब गोपाल पौडेल, नयाँ शक्तीका केन्द्रीय सदस्य यमुना भुसाल, जनमुक्ति पार्टीका ईन्द्र बहादुर गेलाङ, सहायक प्रजिअ नारायण खत्री, नेपाली काङ्ग्रेसका युवा नेता लेखनाथ पोख्रेल, महिला नेत्रिहरु छमकुमारी खनाल, कल्पना पोख्रेल, बिजुला रायमाझी, सरिता भुसाल, राधा नेपाली, नेपाल तरुणदलका अध्यक्ष नारायण खड्का, नगर तरुण सभापति जम्सेर मिया, अर्घाखाँची शिक्षा क्याम्पसका प्रमुख श्रीकृष्ण भुसाल, उधोगी युबराज श्रेष्ठ, पत्रकार महासंघका सभापति सोभाखर पन्थि, प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल, प्रेस चौतारीका सचिब अर्जुन भुसाल, प्रगतिशील पत्रकार संघका अध्यक्ष बिनोद गैरे, काङ्ग्रेस नगर सभापति बिनोद आचार्य लगायत बिभिन्न कार्यालय प्रमुख, नागरिक समाज उधोगी व्यसायीको उपस्थिति रहेको थियोे । 
कार्यक्रम रिपोर्टस क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता गणेस खनालको सन्चालन नबिन केसीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।  कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाललाई सम्मान गरिएको थियोे ।