मानब अधिकार तथा शान्ति समाज अर्घाखाँचीको दोस्रो जिल्ला अधिबेसन सन्धिखर्कमा सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । मानब अधिकार तथा शान्ति समाज अर्घाखाँचीको दोस्रो जिल्ला अधिबेसन सन्धिखर्कमा सम्पन्न भएको छ । 
अधिबेशनले बिष्णु प्रसाद भुसालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा माधब पौडेल सचिबमा प्रेमनारायण आचार्य  सहसचिव नेत्र प्रसाद मरासिनी कोषाध्यक्षमा असोक पौडेल तथा सदस्यहरुमा रुद्र मणि भुसाल सरिता भुसाल निर्मल बिक शान्ता खासु सुरज रायमाझी लगायत रहेका छन । 
त्यस्तै केन्द्रीय प्रतिनिधिमा प्रेमनारायण आचार्य नेत्र मरासिनी तथा प्रबेक्षकमा रुद्र मणि भुसाल सुरज रायमाझीलाई पठाउने निणय गरेको छ । भेलालाई मानब अधिकार तथा शान्ती समाजका केन्द्रीय सचिब गोबिन्द खनाल तथा बरिस्ट्ठ  पत्रकार चेतनारायण पौडेल  नेपाल प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसालले मन्तब्य राख्नु भएको थियोे । 

अन्य समाचारहरु