सन्धिखर्कमा पुननिर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम ! भुकम्प पिडितले छिट्टै राहत पाउने पुननिर्माण प्राधिकरण सचिब अधिकारीको भनाई

सुर्य प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । भुकम्प पुननिर्माण प्राधिकरणका सचिव मधुसूदन अधिकारीले देशभरका भुकम्प पिडितहरुले अब छिट्टै राहत पाउने बताउनु भएको छ । 
उहाले देशका बिभिन्न ठाउँमा भुकम्प पिडितहरु अहिले पनि राहात प्राप्त मात्रामा नपाएको स्विकार गर्दै उहाले घर भत्किएका ब्यक्तिहरुको संख्या यकिन हुनपनि केहि ढिला भएको बताउनु भयो । 
जिल्ला स्थित कार्यालय प्रमुख तथा राजनीतिक दलका नेताहरुसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिब अधिकारीले जनताका काम लाई कर्मचारीहरुले छिटो छरितो काम गरेर सेबालाई तुरुस्त दुरुस्त बनाउन अाग्रह गर्नु भयो । 
कार्यक्रममा पुननिर्माण प्राधिकरणका उपसचिव डाक्टर भिष्म कुमार भुसाल स्थानीय बिकास अधिकारी लक्ष्मि पान्डे गौतम नेपाली काङ्ग्रेसका सभापति बिष्णु प्रसाद खनाल मुस्कान, नेकपा एमालेका सचिबालय सदस्य  रामचन्द्र पोख्रेल, नेकपा माअोबादी केन्द्रका नेता राम बहादुर रायमाझी, जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत, प्रहरी नायब उपरीक्षक नबरत्न पौडेल, सबुजगणका गणपति लक्ष्मी भक्त श्रेष्ठ, जिल्ला अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिबारी, सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत रामजी  जोशी, सहायक बन अधिकृत मदन प्रसाद ढुङ्गाना लगायत सबै कार्यालयका प्रमुखहरु राजनीतिक दलका नेताहरु पत्रकार सुर्य प्रसाद भुसाल लगायत को उपस्थिति रहेको थियोे । 
कार्यक्रम प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको अध्यक्षता सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीको सन्चालनमा सम्पन्न भएको थियोे ।