मैदानको सल्लेरीमा सराय नाच सम्पन्न (तस्बिर सहित)

प्रदिप सूर्यवंशी 
मैदान, अर्घाखाँची २०७३असोज ३०गते आईतवार । अर्घाखाँची जिल्लाको मैदान ६ स्थित सल्लेरीमा रहेको आलम देवी मन्दिरमा सराय नाच तथा पुजाआजा भएको छ । 
प्रत्येक वर्ष विजया दशामी अर्थात वडा दशैको पूर्णिमा तिथिको दिन गरिने यो नाँचमा पन्चेवाजाको साथमा पन्चगोली र मेड़ों ल्याउने चलन रहेको छ । 
मैदान ६ सल्लेरी स्थित रहेको विगतको बर्षमा यस क्षेत्र कै यैतिहासिक मन्दिरको शाखा मानिने यो मन्दिरमा यस मन्दिरमा लामो समय देखी पुजा आर्चना गर्दै आउनु भएका पुजारी   चन्द्रमणि घिमिरेले जानकारी दिनु भएको छ । यसैगरि असाई बसन्त श्रेष्ठ, हवलदार नारायण बगाले, प्रहरी जवान राम वहादुर कुवर, प्रकाश पुन, उहाहरुको नेतृत्वमा सुरक्षा प्रदान गरिएको दियो।
यसैगरि स्वतंत्र पत्रकार केन्द्रीय पार्सद, पि  एस एम व्युरो डिल्लीराज घिमिरे, र स्वतंत्र पत्रकार जिल्ला सदस्य प्रदिप सूर्यवंशी को पनि उपस्थित रहेको थियो। 
मैदान ६ सल्लेरी स्थित दश हजार भक्तजनहरुले दर्शन गरेको मन्दिर व्यावस्थापनका अध्दक्ष लक्ष्मण पाण्डेले जानकारी दिनुभएको छ। र यस मन्दिरमा दर्जनौ जनाले पशुवलि चदाएका थिए। यस मन्दिरमा पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, रुपन्देहि, म्याग्दी र स्यांजा जिल्लाको दर्शालु आएका थिए।  
यसै अवसरमा श्रीनगर बस समितिले आसपासका क्षेत्रमा नि:शुल्क बस सेवा सञ्चालन गरेको थियो । 
तस्वीर: डिआरजी सुमन/अर्घाखाँची डटकम्