अर्घाखाँचीका विद्यार्थी संगठन, प्याब्सन, एन-प्याब्सन र जिल्ला शिक्षा अधिकारी बिचको त्रिपक्षिय बैठक सन्धिखर्कमा सम्पन्न

Image result for जिल्ला शिक्षा कार्यालय अर्घाखाँची
जिल्ला शिक्षा कार्यालय अर्घाखाँची ।  

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कृयाशिल विद्यार्थी संगठन,प्याब्सन,एन-प्याब्सन र जिल्ला शिक्षा अधिकारी बिचको त्रिपक्षिय बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ ।
जिल्लामा रहेका सस्थागत विद्यालयहरुले मापदन्ड बिपरित शैक्षिक गतिविधि सन्चालन गरेको भन्दै विद्यार्थी संगठनहरुले जिल्ला शिक्षा कार्यालयको ध्यानाकर्षण गरेपछि आज तृपक्षिय बैठक बसेको हो ।
जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउतको अध्यक्षतामा सम्पन्न भएको बैठकले कार्तिक महिनाभर शैक्षिक अनुगमन गर्ने र आगामी मंसिर १० गते सन्धिखर्कमा बृहत बैठक बसि  शिक्षाको निर्देशिका बिपरित सन्चालनमा रहेका विद्यालयहरुलाइ नियमानुसार कार्बाही गर्ने निर्णय भएको अखिल का नेता नवीन के.सी.ले जानकारी दिनुभएको छ ।
बैठकमा प्याब्सनको तर्फबाट जिल्ला अध्यक्ष नारायण पौडेल र श्रीकृष्ण भुसाल,एन-प्याब्सन जिल्ला अध्यक्ष टेक बहादुर थापा,नेबिसङ्घ जिल्ला सभापति युबराज पान्डे,अखिलको तर्फबाट नवीन के.सी.,अखिल छैठौं जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई,अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष लक्ष्मण खड्का,अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला अध्यक्ष शोभाखर पन्थी,स्रोत ब्याक्ती युवराज भुसाल लगायतको सहभागीता रहेको थियोे ।