धनचौर हत्याकाण्ड रहस्य अझै खुल्न सकेन्, हत्यामा अन्य व्यक्तिहरुको समेत हात रहेको आशङ्का

मृतक कल्पना भुसाल ( बाँया) र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नबरत्न पौडेलको टोली राप्ती नदी (झिमरुक नदी मुनी ) मा ।
धनचौर, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको धनचौर गाबिसमा भएको एक महिलाको जघन्य हत्याको रहस्य अझै खुल्न सकेको छैन । गत असोज १८ गते बेपत्ता भई असोज २६ गते  बुधवार राप्ती नदी (झिमरुक नदी मुनी )को खोचमा मृत फेला परेकी ३४ वर्षिया कल्पना भुसालको पुरा हत्या रहस्य अझै खुल्न नसकेको हो । 
प्रहरीले अहिले अनुसन्धानको लागि कल्पना भुसालको हत्यामा संलग्न गणेश भुसाल र निजका बुवा खेमराज भुसाललाई थुनामा राखेको छ । प्रहरीको नियन्त्रणमा राखेका गणेश र खेमराज भुसालले हत्या गरेको स्वीकार गरिसकेका छन् । प्राप्त जानकारी अनुसार गणेश भुसालले हत्या गरेको र खेमराज भुसालले हत्यापछि लाशलाई नदिमा लगेर फाल्नमा सहयोग गरेको भन्ने अनुसन्धानबाट बुझिएको भएपनि अरु कुरा अझै खुल्न सकेको छैन ।
स्थानियबासीले अर्घाखाँचीडट्कमलाई दिएको जानकारी अनुसार त्यो हत्यामा गणेश भुसाल र खेमराज भुसाल मात्र नभई धेरै जनाको संलग्ननता भएको हुनुपर्ने आशङ्का गरिएको छ । किनकी हत्या साँझ समयमा भएको छ, लाश झिमरुक नदीमा फलेको भनिएपनि त्यो स्थानबाट करिव २० किलोमिटर तल लाश भेटिएको छ । खोलाको आक् ति अनुसार त्यती धेरै तल लाश बगाएर लैजान सक्ने अवस्था कल्पना पनि गर्न सकिन्न ।
अर्को तर्फ एक जनाले मृत शरीर २,४ घण्टाको अफ्ठ्यारो बाटोमा बोकेर लैजान सक्छ ? लाश फल्नका लागि मोटर साईकल वा अरु कुनै सवारी साधनको प्रयोग गरिएको हुनुपर्दछ, किनकी प्रहरी नियन्त्रणमा रहेका गणेश भुसालको बयान र लाश भेटिएको ठाउँ धेरै टाढाको दुरीमा छ ।  
यस्तै अर्को रहस्यको कुरा के छ भने जुन ठाउँमा लाश भेटिएको छ त्यसको २ किलोमिटर माथि त्यो लाश १,२ दिन पहिला प्युठान जिल्लाका मान्छेहरुले देखेर घोची घोची तल बगाइदिएकोले तल गएको भन्ने केही स्थानिय अगुवाहरुको भनाई सुन्नमा आएको छ । मान्छे मोरेको झिमरुक नदीमा फालिदिएको भन्ने त्यो लाश खोज्न प्रहरी अनी सयौ स्थानियहरु दिनरात हिंडी रहेको भनी संचारमाध्यममा पनि आएको र हल्ला खल्ला पनि भएको अवस्थामा त्यो लाश देख्ने जो कोही सच्चा नागरिकले पनि प्रहरीलाई खबर गरिदिन्थ्ये होला ? शायद त्यस्तो हल्ला गर्नेहरु पनि यो हत्याको घट्नामा संलग्न छ कि भन्ने आशङ्का उब्जिएको छ । 
केही दिन पहिला मृतक कल्पना भुसाल नेकपा एमालेको गाउँ स्थापित कार्यकर्ता मात्र नभई स्थानिय एक सहकारीको प्रबन्धक र समाजसेवी पनि हुन् । उनी व्यवस्थापक रहेको सहकारीबाट केही दिन पहिला थुप्रै रकम ऋण लगानी भएको र त्यो रकम सन्धिखर्कमा बस्ने जग्गाको कारोबार गर्ने व्यक्तिले लिएको भन्ने सुनिन आएको छ, त्यो हत्याको पछाडि कतै सहकारीका पैसा हिनाबिना गर्ने नियत होईन भन्ने आशङ्का गरिने गरेको छ किनकी प्रहरीको नियन्त्रणमा रहेका गणेश भुसाल त्यो सहकारीको प्रमुख हुन् । 
साथै अर्को तर्फ कल्पनाको हत्या भन्दा ४ दिन पहिला नेकपा एमाले धनचौरको गाउँ अधिवेशन सम्पन्न भएको थियो ।  सो अधिवेशन दुई वटा समुह बिच नेतृत्वको लागि निर्वाचन भएको थियो । निर्वाचनमा कल्पना भुसाल गणेश भुसालको समर्थन रहेको समुहको प्रचारक थिईन् । प्रचारको बेला २ पक्ष बिच झगडा हुँदा अर्को पक्षका केही मान्छेहरुले कल्पनालाई सार्वजनिक रुपमा तलाई ठीक पर्छौ पनि भनेका थिए भन्ने आउनु, निज गणेश भुसालले नै कल्पना भुसाल बेपत्ता भएको उजुरी हाल्न कल्पनाकी बहिनी चन्दा खनाललाई प्रहरी कार्यालयमा पठाउनु, अधिवेशनको बेला कल्पनासँग झगडा गरेकै भरमा टेकलाल भुसाल समेतका अर्को पक्षका मान्छेको नाम जाहेरी दिनु, प्रहरी कार्यालयमा गएर गणेश भुसालका जेठा बुवा, एमाले नेता पुर्व जिबिस सभापति पिताम्बर भुसालले समेत टेकलाल भुसाल समेतका रुद्र चुदालीको गुटका केही केटाहरुले कल्पनाले हत्या गरेका हुन् त्यही अनुसार मुद्दा अघि बढाउन भनेर डिएसपीलाई समेत भन्नु, प्रहरी नियन्त्रणमा रहेका गणेश भुसालले हत्या गरेको स्विकार गर्नुले यो हत्या पछाडि ठुलै योजना भएको र धेरै जना व्यक्तिको संलग्न भएको प्रष्ट देखिन्छ । 
पार्टीमा गुट भएको र अधिवेशनको बेला भएको समय झगडाको मौका छोपेर अरु कसैलाई फसाउने उदेश्य सहित यो हत्या भएको देखिन्छ ।  
यस्तै अर्को तर्फ जिल्लामा सामान्य झगडाका घटना हुँदा समेत समाचार घन्किने र प्रकासित हुने गर्छ तर यतिका ठुलो जघन्य हत्याको बारेमा अर्घाखाँचीडट्कम बाहेक अन्य मिडियाहरुमा यो घट्नाको खासै चासो दिएर समाचार नबन्दा अपराधीलाई ढाकछोप गर्न कतै मिडिया पनि लगेको त छैनन् भन्दै मिडियामा समेत आलोचना हुनुका साथै व्यक्तिहरुको सन्लग्नताको आशङ्का समेत गर्न थालिएको छ ।  स्थानियबासीले अर्घाखाँचीडट्कमलाई भने । 
उता अर्को तर्फ धनचौर गाबिसमा बिगतमा पनि हत्या तथा वेपत्ताका घटनाहरु घटेका तर ति घटनाहरु अनुसन्धान नै नगरि भाब्बितब्य भन्दै लुकाउने गरेको पनि यो घटनासँगै अहिले चर्चा गर्न थालिएको छ । अपराधीहरु नछिपुन, नलुकुन र आगामी दिनमा यस्ता प्रकार अन्य घटनाहरु नघटुन भन्नका लागि पनि यस्तो अवस्थामा नेपाल प्रहरीले यो घटनाको अझै गहिराई पुगेर अनुसन्धान गर्नु जरुरी छ । 
धनचौर, जुकेना, जलुकेका केही व्यक्तिहरुसँग पनि अनुसन्धान गर्न जरुरी छ । लाश भेटिएको ठाउँको प्रकृति हेर्दा  लाशलाई बोरामा बाधेर मोटरसाईकलमा राखेर लाश लगेर राप्तीमा फालिएको स्थानियले आशङ्का गरेका छन् ।  सबैले प्रहरीले गहिराईमा पुगेर अनुसन्धान गर्छ कि पैसा र भनेसुनेका आधारमा मुद्दालाई साधारण बनाएर प्रकृया मात्रा पुरा गर्छ भन्ने तर्फ नियालेर हेरिरहेको कतिपय नेताहरुको भनाई रहेको देखिन्छ ।