सन्धिखर्कमा कानुन मन्त्रालयको अन्तरकृया ! सृजनशिल भूमिका नभएमा संबिधान कार्यान्वयन सम्भव नहुने कुरामा घिमिरेको जोड

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची कार्तिक ३, । जिल्ला तहमा पत्रकारहरुसंग संबिधानका अन्तरबस्तु,संबिधान कार्यान्वयनमा निर्माण भैरहेको कानुनहरुको बिबरण र सञ्चार माध्यमको भूमिका सम्बन्धी एक दिने अन्तरकृया कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियासील सञ्चारकर्मी, राजनितिक दल र बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थीति रहेको थियो ।
 नेपाल सरकार  कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी  कटुवालले अहिलेको संबिधानले कसैलाई काखापाखा नगरेको भन्दै संबिधानको कार्यान्वयनमा सबै पक्ष एकजुट भई रचनात्मक सहयोग गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो । यस्तै अन्र्तक्रिया कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालयका सहसचिव डिल्लीराज घिमिरेले संबिधान कार्यान्वयनमा संचारकर्मीहरुको भूमिका प्रघार रहने भन्दै सबै पक्षको सृजनशिल भूमिका नभएमा संबिधान कार्यान्वयन सम्भव नहुने कुरामा जोड दिएका थिए । 
संबिधानको अन्तरबस्तुमा यर्थात एकातिर र भ्रम अर्को तर्फ रहेको भन्दै घिमिरेले यसलाई चिर्नको लागी सञ्चारमाध्यमको ठुलो भूमिका रहने कुरामा जोड दिएका थिए । नेपालका करिब ८७ प्रतिसत जनतालाई अझैसम्म पनी निशुल्क कानुनी सहायताको बारेमा थाहा नभएको भन्दै उनिहरुलाई यसको बारेमा सचेत बनाउन मिडियाको उल्लेखनिय भूमिका रहने बताएका थिए । 
कार्यक्रममा नेपाल पत्रकार महासंघका सभापति शोभाखर पन्थी र मन्त्रालयका उपसचिव हुमबहादुर के.सी. ले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा हिमबहादुर जि.सि.लेकाली,स्थानिय बिकास अधिकारी लक्ष्मी पाण्डे गौतम,मुक्तिनाथ भुसाल र खगीश्वरा बस्यालले आ -आफ्नो भनाई प्रस्तुत गरेका थिए । 
कार्यक्रम मन्त्रालयका सह सचिब डिल्लीराज घिमिरेको अध्यक्षता र साखा अधिकृत बाबुराम पाण्डेको सन्चालनमा सम्पन्न भएको सहकर्मी श्याम घिमिरेले खबर पठाउनु भएको छ ।