धनचौर हत्याका अभियुक्त प्रहरीद्वारा सार्वजनिक, अनुसन्धान जारी (तस्बिर सहित)

( पहिलो प्रकासित मिती:  २०७३ कार्त्तिक ३, बुधवार)  

 सुर्य प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको धनचौर गाबिस वार्ड नम्बर ५ देउरालीबाट घर जान भनि हिडेकी कल्पना भुसालको हत्याकाण्डका अारोपित दुई जनालाई बुधबार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको छ । 
प्रहरीले अर्घाखाँची जिल्ला धनचौर गाबिस वार्ड नम्बर पाँच निबासी ३५ बर्षिय गणेश भुसाल तथा गणेसका  ५९ बर्षिय बुवा खेमराज भुसाललाई सार्वजनिक गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको उपस्थितिमा गरिएको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक नबरत्न पौडेलले असौज १८ गते बेलुका देखि अहिले सम्म भएका अनुसन्धानका काम कारबाही बारे जानकारी गराउदै अाफुले कल्पनाको हत्या गरेको अभियोगमा निज गणेश र खेमराजलाई अनुसन्धानका लागि हिरासतमा लिएको र अहिले पनि अनुसन्धान भईरहेको बताउनु भयो ।
पत्रकार सम्मेलनमा कल्पनाको हत्या अाफुले गरेको अभियुक्त गणेश भुसालले स्वीकार समेत गरेका छन । पत्रकार सम्मेलनमा गणेशले भने बाटोमा अाफु कल्पनालाई प्रखेर बसेको र कल्पना सामान किनेर देउराली भन्ने ठाउँबाट अाउन ढिला गरेको कारण सामान्य बिबाद भएको र अाफुले उनलाई कन्चटमा मुर्किले हान्दा कल्पना ढलेर मरेको समेत बताएका छन । अभियुक्त गणेश भुसालले अाफुले सुनियोजित भन्दा पनि रिसको झोकमा उनलाई हानेको तथा उनको र अाफ्नो लामो समय सम्म  सम्बन्ध रहेको बताउदै घटना घटिसकेपछि बुवाको समेत सहयोगमा झिमरुक नदिमा लगेर  फालेको पत्रकार सम्मेलनमा अाफैले बताएका थिए । 
पत्रकारहरुको जिज्ञासामा उनले भने मैले मार्न पर्ने कारण अरु त थिएन तर रिसको झोकका बेला कल्पना भुसालले अाफुको कुममा टोकेको अाफुले रिसले कल्पना भुसाललाई हिर्काउदा उनको घटनास्थलमै मृत्युु भएको भन्दै अाफ्ना बुवालाई जानकारी गराएको र बुवाको सहयोगमा लाशलाई झिमरुक नदिमा लगेर फालेको स्वीकार गर्दै  कानुन बमोजिम सजाय भोग्न अाफु तयार रहेको बताए ।
पत्रकार सम्मेलनमा खेमराज भुसालले भने अाफु घटनाका बारेमा अनबिज्ञ रहेको बताएका थिए । उनले अाफुले घटनाका बारेमा कुनै पनि जानकारी नभएको बताउदै छोराले अाफुलाई फसाएको बताएका थिए । नेकपा एमाले धनचौर गाबिसका निबर्तमान अध्यक्ष रहेका गणेश भुसाल र कल्पना भुसाल एउटै कमिटीमा बसेर राजनीति समेत गर्ने गरेका थिए । उनिहरु दाजुभाइ भित्रका हाडनाता समेत हुन । गणेश भुसाल धनचौरमा रहेको जन जाग् ति उच्च माबिका समेत केही समय अगाडि अध्यक्ष बनेका थिए । अभियुक्त गणेश भुसाल धनचौर  गाबिसमा रहेको एक सहकारी संस्थाका अध्यक्ष तथा कल्पना भुसाल सहकारी संस्थाको कर्मचारी समेत रहेको पत्रकार सम्मेलनमा खुलेको छ ।
पत्रकार सम्मेलनमा कल्पना भुसालका श्रीमान र कल्पनाका बुवा गाउँलेहरुको ठुलो सहभागीता रहेको थियोे । 
बिगत लामो समयदेखि कल्पना र गणेशको अनैतिक सम्बन्ध भएको र गाउँ ठाउँमा समेत छताछुल्ल बनेपछि कल्पनालाई गणेशले हत्या गरेको हुनसक्ने समेत प्रहरीले अनुमान गरेको छ । कल्पनाको हत्या भएको अर्को दिन असौज १९ गतेका दिन कल्पना भुसाल कि बहिनी चन्दा खनालले कल्पना हराएको र खोजी गर्न भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा निबेदन दिएपछि प्रहरी अधिकृत सहितको टोली कल्पनाको खोजी गर्न धनचौर पुगेको थियोे । सो क्षेत्रमा प्रहरी अधिकृतको टोलीले रातदिन नभनि अाठदिन सम्म कल्पनाको खोजि गरेको थियोे । असौज २१ गतेका  दिन प्रहरी नायब उपरीक्षक नबरत्न पौडेल सहितका प्रहरी अधिकृतहरु घटनास्थल तथा कल्पनाको खोज तलासका लागि अर्घाखाँची र प्युठानको सिमानामा पर्ने झिमरुक नदि तथा अासपासका ठाउँमा ४ घन्टाको पैदल अोरालो बाटो तथा ६ घन्टाको उक्कालो बाटो हिडेर असौज २२  गते बिहान मात्र सन्धिखर्क अाएको थियोे । 
घटनामा अनुसन्धान गर्न प्रहरी प्रमुख नबरत्न पौडेल निकै खटेको भन्दै धनचौर बासीले खुसि ब्यक्त समेत गरेका थिए । प्रहरीले अभियुक्त गणेश भुसाललाई असौज २२ गते पक्राउ गरेको थियोे गणेशको बयानका अाधारमा प्रहरीले असौज २३ गते उनका बुवा खेमराजलाई नियन्त्रणमा लिएको थियोे । 
 
गणेशको बयानकै अाधारमा असौज २४ गते दिउसो जलुके प्रहरी चौकी ईलाका प्रहरी कार्यालय ठाडा धनचौर गाबिसका स्थानीय बासिन्दाहरुको सहयोगमा जलुके गाबिस वार्ड नम्बर २ छेकुवाको जंगल राप्ति नदिको किनारमा कल्पना भुसालको मृत लास प्रहरीले फेला पारेपछि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याई पोष्टमार्टम गरि कल्पना भुसालका श्रीमानलाई दाहा संस्कारका लागि बुझाएको थियोे । घटनामा अाफु बाहेक अरु कोही पनि सहभागी नभएको र अाफ्ना बुवाले कल्पनालाई अाफुले मारेपछि खोलामा फाल्न सहयोग गरेको गणेशले पत्रकार सम्मेलनमा बताएका थिए । निज अभियुक्त गणेश भुसाल र खेमराज भुसाललाई प्रहरीले कर्तव्य सम्बन्धि ज्यान मुदा चलाएको छ । 

नेकपा एमालेले निज गणेस भुसाल र खेमराज भुसाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको एमाले अध्यक्ष चेतनारायण अाचर्यले बिज्ञप्ति निकालेर जानकारी गराएका छन । 


घट्ना सम्बन्धी एमालेको प्रेस विज्ञप्त्ती