सन्धिखर्कमा AYC तिलक स्मृती भलिवल ! खेलकुद क्षेत्रको बिकासका लागि महत्त्वपूर्ण भुमिका खेल्ने स्थानीय बिकास अधिकारीको भनाई (तस्बिर भिडियो सहित)

अर्घाखाँचीको सन्धिखर्कमा बिहिवार देखि ए वाई सि (AYC) तिलक स्मृती भलिवल प्रतियोगिता सुरु भएको छ । अर्घाखाँची युवा परिषद सन्धिखर्क अर्घाखाँचीको आयोजनामा सुरु भएको भलिवल प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ । जसमा प्रथम, द्धितिय र तृतियलाई क्रमश ४००००, २००००, १००००, शिल मेडल र प्रमाण पत्र पुस्कार रहेको अध्यक्ष कृष्ण भुसालले जानकारी दिनुभएको छ ।  प्रतियोगितामा ३ वर्ष लगातार खेल जित्नेलाई १ लाख नगद रनिङ शिल, शिल प्रमाण पत्र र मेडलको व्यवस्था गरिएको छ । गत वर्षको रनिङ शिल हंसपुर गाविसले जितेको थियो ।  प्रतियोगिताको उदघाटन गर्दै स्थानिय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले भलिवल प्रतियोगितको आयोजना गर्नुले जिल्लाको पहिचानललाई उच्च राख्नेमा आफू आशावादी भएको  बताए ।  उनले खेलकुदबाट मानिसलाई मनोरञ्ज मात्रै मिल्ने  नभएर शारिरीक  स्वच्छता पनि मिल्ने  भएकाले यसको  विकास आवश्यक भएको बताए ।

भिडियो: सहयोगी बिसीबाट 

सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । स्थानीय बिकास अधिकारी लक्ष्मि पान्डे गौतमले जिल्लाको खेलकुद क्षेत्रको बिकास र ब्यबस्थापनका लागि अाफुले महत्बपुण भुमिका खेल्ने बताउनु भएको छ ।
सन्धिखर्क स्थित टुडिखेलमा बिहिबार देखि सुरु भएको दोस्रो AYC तिलक स्मृति  जिल्ला स्तरीय भलिबल खेलको अौपचारिक उदघाटन गर्दै गौतमले अाफु अर्घाखाँचीमा अाएदेखि नै खेलकुद क्षेत्रको बिकाशका लागि सधैं सहयोग गर्दै अाएको बताउदै गाउँ गाउँ टोलटोलमा खेलकुदको बिकास गर्नु पर्ने बताउनु भयो ।उहाले खेलकुद मानिसको दैनिक जिबनमा अपरिहार्य भएको बताउदै खेलकुदको बिकास सँगै जिल्लाको बिकासले फड्को मार्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउतले शैक्षिक क्षेत्र र खेलकुद क्षेत्र सँग सँगै अगाडि बढने बताउदै खेलकुदको बिकासका लागि अाफुले सबै खालको सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका पुर्व सभापति कमल प्रसाद भुसालले खेलकुदको बिकास अर्घाखाँचीमा अगाडि बढेको बताउदै सबैले खेलकुदलाई सहयोग गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव रामबहादुर चौहान, नेकपा माअोवादीका जिल्ला संयोजक ठाकुर कुमार बिक प्रहरी नायब उपरीक्षक नबरत्न पौडेल, राष्ट्रिय जनमोर्चाका सचिब गोपाल भट्टराई, राप्रपाका जिल्ला अध्यक्ष देबि बहादुर खड्का, परिबार दलका डिल्ली राज भुसाल, नेकपा माअोबादी  बिप्लपका गोबिन्द खनाल, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सिद्दि प्रसाद भुसाल, गैरसरकारी संघका शम्भु पोख्रेल, निर्माण ब्यबसायी कबि खनाल लगायतले खेलकुदको बिकासका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
अर्घाखाँची युबा परिषदको अायोजनामा भएको जिल्ला स्तरिय एवाईसि भलिबल प्रतियोगितामा ३५ गाबिस तथा नगरपालिका का १५ वार्डका गरि १४ टिम भलिबलमा सहभागीता जनाएका छन् ।
कार्यक्रम अर्घाखाँची युबा परिषदका अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षता सचिब धर्म राज भुसालको सन्चालनमा सम्पन्न भएको हो । अर्घाखाँची युबा परिषदले बिगतका बर्षहरुमा समेत यस्ता खालका नमुना खेलकुदका कार्यक्रम गर्दै अाएको थियोे ।
बिहिवार भएको ३ खेलमा धनचौरलाई हराउदै ठाडा, डिर्भनालाई हराउदै सन्धिखर्क नपा १५ डिर्भना र सनपा ९ लाई हराउदै हंसपुर गाविसले जित हात पारेका थिए ।
:- केही समाचार घनश्याम पौडेलबाट