सन्धिखर्कमा जारी तिलक स्मृति रनिङ्ग शिल्ड भलिबल प्रतियोगिताको फाईनल भोली

 श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची कार्तिक,५ ।   अर्घाखाँची युबा परिषद सन्धिखर्क,अर्घाखाँचीको आयोजना सन्चालीत दोस्रो तिलक स्मृति रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता कार्तिक ४ गते बाट सन्धिखर्कको टुडिखेल मैदानमा सन्चालन भएको छ । खेलको स्थानिय बिकास अधिकारी लक्ष्मी पाण्डे गौतमले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको थियो । खेलमा जिल्ला भरीबाट जम्मा १४ टिमको सहभागीता रहेको छ । 
आज सम्पन्न भएको प्रथम चरणको बाँकी खेलमा जुकेना खक गोखुङ्गा र धारापानी गाबिस खक सनपा १३ बिच खेल सम्पन्न भएको थियो । जस अनुसार जुकेना र धारापानी को समुह बिजयी भएका थिए । त्यस्तै क्वाटर फाईनल सनपा १४ खक सनपा १५, ठाडा  खक सितापुर,हंसपुर खक धारापानी र जुकेना खक असुरकोट गाबिस बिच कडा प्रतिसपर्धा भएको थियो जसमा क्रमशः सनपा १४,ठाडा गाबिस,हंसपुर र जुकेना टिमले जित हासील गरेका थिए । 
यस्तै आजै सम्पन्न सेमिफाईनल खेलमा सनपा १४ खक हंसपुर र ठाडा  खक जुकेना  बिच भएको खेलमा सनपा १४ र जुकेना ले बिजय हासील गरेका थिए भले फाईनल खेलका लागी भोलि बिहान ठाडा  खक हंसपुर तृतिय स्थान र सनपा १४ खक जुकेना प्रथम र द्घतिय स्थानका लागी भिड्ने  क्लबका अध्यक्ष कृष्ण प्रसाद भुसालले बताउनु भएको छ । 
प्रतियोगितामा ३ वर्ष लगातार खेल जित्नेलाई १ लाख नगद रनिङ शिल,  प्रमाण पत्र र मेडलको व्यवस्था गरिएको छ भने प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश ४०, २० र १० हजार रुपैयाँ शिल, मेडल र प्रमाण पत्र प्रदान गरिने क्लबका महासचिब धर्मराज भुसालले जानकारी दिनु भएको छ  । 
 प्रतियोगिताको अबलोकन गरी आनन्दलीन सयौंको संख्यामा  दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । गत साल सम्पन्न पहिलो बर्षको खेलको उपाधी हंसपुर गा.बि.स ले हात पारेको थियो ।

धारापानी र हंसपुर बिचको खेल