सूचना तथा शुसासन अभियान अर्घाखाँचीको साधारण सभा सन्धिखर्कमा सम्पन्न (भिडियो, तस्बिर सहित)


सुर्य भुसाल / प्रेम खड्का (भिडियो, तस्बिर)
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सुचनाको हक हाम्रो मौलिक अधिकारी हो सुचना लिने र दिने बानीको बिकास गरौ भन्ने मुलनारा सहित सुचना तथा सुशासन अभियान [CIG)    अर्घाखाँचीको बिशेष साधारण सभा सन्धिखर्कमा सम्पन्न भएको छ ।
सुचना तथा सुशासन अभियान अर्घाखाँचीका अध्यक्ष मुक्ति नाथ भुसालको अध्यक्षता कानुनी सल्लाहकार अधिबक्ता जगन्नाथ भुसालको प्रमुख अतिथ्यतामा भएको बिशेष साधारण सभामा पत्रकार महासंघका उपाध्यक्ष हिम बहादुर जिसी लेकाली, नेपाल प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल, प्रेस सेन्टरका अध्यक्ष गणेश खनाल, फेन्सि व्यवसायी समितिका अध्यक्ष गोबिन्द आचार्य लगायतका अतिथिहरुको सहभागीता रहेको थियोे ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष अम्बिका श्रेष्ठ, माधब बेल्बासेले मन्तब्य राख्नु भएको थियोे । कार्यक्रम राधा नेपालीको सन्चालनमा सम्पन्न भएको हो।
साधारण सभाले मुक्ति नाथ भुसालको अध्यक्षतामा नयाँ कार्य समिति तिन बर्षका लागि चयन गरेको छ । जसको उपाध्यक्षमा बस्त बन्जाडे, कोषाध्यक्षमा शिव बेल्बासे र सहसचिवमा नबिन केसीलाई चयन गरेको छ । त्यस्तै सदस्य पदमा सरोज पौडेल, प्रकाश भुसाल, मेनुका बेल्बासे, निर्बाचित हुनु भएको छ । सचिबमा राधा नेपाली १४ मत र बसन्त श्रेष्ठले ६ मत प्राप्त गर्नुभएको थियो ।

अन्य समाचारहरु