सिआईजी अर्घाखाँचीको विशेष साधारण सभा सम्पन्न, मुक्तिनाथ भुसालको अध्यक्षतामा ९ सदस्सीय नयाँ कार्य समिति चयन

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडटकम) । सूचना तथा सूशासन अभियान सिआईजी अर्घाखाँचीको विशेष साधारण सभा सम्पन्न भएको छ । बिशेष साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । मुक्तिनाथ भुसालको अध्यक्षतामा ९ सदस्सीय नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा बसन्त बन्जाडे, सचिवमा राधा नेपाली, सहसचिवमा नवीन केसी र कोषाध्यक्षमा शिव बेल्बासेलाई चयन गरेको हो ।
सचिवमा चार जनाको उमेद्वारी परेपछि अन्त्यमा संस्थापक सचिव बसन्त श्रेष्ठ र सहसचिव राधा नेपाली बीच प्रतिष्प्रर्धा भएको थियो । त्यस्तै सदस्य पदमा सरोज पौडेल, प्रकाश भुसाल, मेनुका बेल्बासे निर्बाचित भएका हुन् ।सूचनाको हकमा क्रियाशिल संस्था सिआईजीमा एकलौटी गर्न खोजेको बिरोधमा आवाज उठ्न थालेपछि बिशेष साधारण सभाको आयोजना गरिएको हो । संस्था सञ्चालनमा एकलौटी गरिएको बिरोधमा अध्यक्ष मुक्तिनाथ भुसालको आलोचना हुँदै आएको थियो । फलस्वरुप संस्थाका संस्थापक सचिव बसन्त श्रेष्ठलाई बैठकमा उपस्थित नभएको भनि बिधान बिपरित कारबाही गरिएको हल्ला चलाएको श्रोतको दाबी छ ।
संस्थापक सचिव श्रेष्ठलाई सिधै हटाइएको हल्ला बिरुद्ध कानूनी बाटो अबलम्बन गर्ने चेतावनी श्रेष्ठले दिएपछि अन्तिममा बिशेष साधारण सभाबाट श्रेष्ठलाई सचिव पदबाट हटाइएको श्रोतले जनाएको छ । यद्पि संस्थापक सचिव बसन्त श्रेष्ठले नयाँ कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना दिदै सूचनाको क्षेत्रमा निरन्तर लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्य समितिमा आफुलाई दिएको जिम्मेवारी समेत बहन गर्न नदिने गरिएको श्रेष्ठले कार्यक्रममा बताउनुभएको थियो । सिआइजी संस्था गठन गर्नुपूर्व सूचनाको हकका लागि नागरीक सञ्जाल अर्घाखाँचीका समेत संस्थापक पदाधीकारी रहेको बताइएको  छ ।
कार्यक्रम संस्थाका अध्यक्ष मुक्तिनाथ भुसालको अध्यक्षता, कानुनी सल्लाहकार तथा अधिबक्ता जगन्नाथ भुसालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष हिम बहादुर जिसी लेकाली, फेन्सी व्यवसायी समिति अर्घाखाँचीका अध्यक्ष गोबिन्द आचार्य लगायतले मन्तब्य राख्नुभएको थियो । उपाध्यक्ष अम्बिका श्रेष्ठ, माधब बेल्बासे लगायतको मन्तब्य रहेको कार्यक्रम सहसचिव राधा नेपालीको सन्चालनमा सम्पन्न भएको थियो ।