तिलक स्मृति भलिबलको उपाधि सन्धिखर्क १४ डिभर्नालाई (भिडियो, तस्बिर सहित)

भिडियो: श्याम घिमिरेबाट 

अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची कात्र्तिक ६ ।  अर्घाखाँची युवा परिषद्दको आयोजनामा सम्पन्न  एवाइसी तिलक स्मृति भलिवल प्रतियोगिताको उपाधि सन्धिखर्क नगरपालिका वडा नं. १४ डिभर्नाले हात पारेको छ ।
जुकेना गाविसलाई ३-२ अन्तरले  पछि पार्दै डिभर्नाले उपाधि जितेको हो ।  सुरुका दुइ सेटमा लगातार जित हासिल गरेको डिभर्नालाई तेस्रो र चौथो सेट जितेर जुकेनाले निकै दवाव दिएको थियो । पहिलो र दोस्रो सेटमा डिभर्नाले क्रमश २५-२३ र २५-२२ ले जित हात पारेको थियो भने तेस्रो र चौथो दुबैमा  जुकेनाले २५-२३ ले जित हात पारेपछि  खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । १५ मा खेलाइएको अन्तिमा सेटमा डिभर्नाले १५-१३ ले जित हात पा-यो ।  निकै प्रतिस्पर्धात्मक भएपछि दर्शकहरुको हुटिङ्ग र तालिले खेल मनोरञ्नात्मक बनेको थियो । जुकेनाका खेलाडीहरुले निकै मेहनत र अनुशासनका साथ खेल प्रदर्शन गरेपछि   दर्शकहरुको उनीहरु प्रति सहानुभूति बढ्दै गएको थियो ।
खेलमा हंपपुर गाविस तेस्रो बनेको छ ।  ठाडा गाविसलाई सोझो सेटमा समेट्दै हंसपुर तेस्रो बनेको हो ।  बुधबार देखि सञ्चालनमा आएको खेल तीन दिन चलेको थियो । खेलमा १४ टिटले सहभागिता जनाएका थिए ।  प्रतियोगितामा प्रथम, द्वितिय र तितृय हुने टिमलाई क्रमश ४० हजार, २० हजार १० हजार शिल्ड, मेडल प्रदान गरिएको छ भने प्रत्येक खेलाडीलाई प्रमाण पत्रले सम्मान गरिएको छ ।
स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतम र परिषद्का अध्यक्ष कृष्ण भुसालले खेलाडीलाई पुरस्कृत गरे ।   जिल्ला विकास समितिका  सबइन्जिनियर हुम बहादुर लामिछानेले  जुकेनाको टिमलाई व्यक्तिगत ५ हजार रुपैयाँ उपलव्ध गराएका थिए । सन्धिखर्क गोरुसिङ्ग सडकका रुट इन्चार्ज रामु बस्नेतले  सान्त्वना हुने टिमलाई तिन हजार रुपैयाँ उपलव्ध गराए  भने प्रथम हुने टिमलाई आयोजकको ३० हजारमा १० हजार  थप गरि ४० हजार पु-याइदिएका थिए ।  जुकेनाका खेलाडी सुरेस सारु उत्कृष्ट खेलाडी घोषित भए ।  उनलाई आयोजकले उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत ग-यो भने  समाजसेवी नारायण खनालले  ३ हजार रुपैयाँ उपलब्ध गराए । उनको खेलबाट प्रभावित भएर अन्य सहयोगदाताले पनि सहयोग गरेका थिए ।
प्रतियोगितामा लागातार तिन वर्ष विजयी बन्ने टिमले शिल्ड पचाउनुका साथै  एक लाख रुपैयाँ नगद पुरस्कार समेत पाउने छ ।  गत वर्ष हंसपुर गाविसले विजयी हासिल गरेको भएपनि यो वर्ष हंसपुर तेस्रो स्थानमा झरेपछि आउने बर्ष शिल्ड कब्जा गर्ने उसको योजना बिफल बनेको छ ।  परिषद्ले गत वर्षबाट रनिङ्गशिल्ड प्रतियोगिताको आयोजना गर्न लागेको हो । परिषदका  सदस्य प्रकाश भुसालले हरेक वर्ष प्रतियोगिताको आयोजना गरिने बताए ।  उनले  जिल्लामा उत्कृष्ट खेलाडीहरु भएको भन्दै अबसर पाएमा राष्ट्रिय स्तका प्रतियोगितामा भाग लिन सक्ने बताए ।