बसन्त श्रेष्ठ ‘छापेली’
सिमलपानी, अर्घाखाँची कार्तिक ७ गते । अर्घाखाँचीको सिमलपानी ९ कमेरे खोलामा एक व्यक्ति मृत भेटिएका छन् । घरमा कोही नभएको वेला बदेल मार्न जाँदा आफैले धराप थापेको भरुवा बन्दुक पड्किदा ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ ।
घर नजिकै थापिएको धरापको बन्दुक पड्किदा खुट्टामा गोली लागेर सिमलपानी ९ ढाडखोलाका ६० बर्षिय जीत बहादुर भाट क्षेत्रीको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटना स्थल पुगेको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक विवेक कुमार शाहको नेतृत्वमा पुगेको प्रहरीको टोलीले १ थान भरुवा बन्दुक र केही बारुत केप समेत बरामत बताइएको छ । भाटक्षेत्री लहरे उकाली सामुदायीक वनका हेरालु समेत रहेका थिए ।
कार्तिक ३ गते साँझ घरबाट हराएका भाटक्षेत्री घर नफर्के पछी गाउलेले खोज्ने क्रममा शनिबार साँझ घर नजिकैको जङगलमा मृत अवस्थामा फेला पारेका थिए । खुट्टामा गोली लागेर अत्यन्तै रगत बगेर भाटक्षेत्रीको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ ।