पाली बलेवाङ्गमा शुभकामना आदान- प्रदान तथा पत्रकार सम्मान कार्यक्रम ! समुदायलाई समृद्ध बनाउन सामाजिक एकता पहिलो आधार भएको सरोकारवालाको भनाई

गोपाल प्रसाद भट्टराई
पाली, अर्घाखाँची कार्तिक ६ । समुदायलाई समृद्ध बनाउन सामाजिक एकता पहिलो आधार भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । 
बिभिन्न क्षेत्रमा छरिएका युवाहरुलाई एकताको शिरधारमा ल्याई समाज विकासमा उत्तरदायी बनाउने उद्धेश्का साथ गठन गरिएको सामाजिक युवा क्लब पाली-९ बलेवाङ्गको आयोजनामा दिपावली तथा छठ पर्व २०७३ को उपलक्ष्यमा आज जिल्लाको पर्यटकिय स्थल बलेवाङ्गमा सम्पन्न भएको शुभकामना आदान-प्रदान तथा पत्रकार सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरा बताएका हुन् ।
जिल्लाको एक मात्र सन्धिखर्क नगरपालिका संग जोडिएको पाली-९ बलेवाङ्ग जस्तो पर्यटकिय मनमोहक गाउँको विकास संगै समृद्ध पाली बनाउने कार्यमा युवाहरु एक जुट हुनुपर्ने अठोटका साथ भर्खरै गठन गरिएको सामाजिक युवा क्लब बलेवाङ्ग,अर्घाखाँचीले राखेको शुभकामना तथा सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले अर्घाखाँचीका थुप्रै क्षेत्रमा पर्यटन विकासको प्रचुर संभावना हुँदा-हुदैपनि सरोकारवालाको ध्यान नपुग्दा ओझेलमा परेको बताउँदै जिल्लाको विकासमा सबै एक जुट हुनुपर्ने धारणा ब्यक्त गरेका छन् ।
घर-आँगनमै भित्रिन लागेको दिपावली तथा छठ पर्वको शुभकामना ब्यक्त गर्दै बक्ताहरुले युवाको एकता र समाजको साथले नै समाज समृद्ध हुने भन्दै सबैले आ-आफ्नो ठाउँबाट प्रत्येक दिन एकैछिन सामाजिक कार्यमा लाग्नुपर्नेमा जोड दिएका छन् ।
क्लबले जिल्लामा रहेर पत्रकारिताको कलमबाट अर्घाखाँचीमा पुर्याएको योगदानको कदर गर्दै अर्घाखाँचीका बिभिन्न मिडियामा आबद्ध पत्रकार तथा संचारकर्मीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा सामुदायिक रेडियो अर्घाखाँचीका स्टेशन म्यानेजर श्याम प्रसाद घिमिरे,समचार वाचक गोपाल प्रसाद भट्टराई,पत्रकार महासंघका सचिब प्रेम आचार्य,सहयोगि बि.सी.,नयाँ एफंएमका स्टेशन म्यानेजर हरी प्रसाद भुसाल,अर्घाखाँची टाइम्सका प्रधान-सम्पादक नविन के.सी.,देवेन्द्र कुंवर,रुद्रमणी भुसाल,अर्जुन भुसाल,बसन्त श्रेष्ठ,कमल विष्ट,बिष्णु मल्ल ठकुरी,घनश्याम पौडेल,सागर परियार र डिल्लीराज घिमिरे लगायतलाई क्लबले खादा र प्रमाणपत्रले सम्मान ब्यक्त गरेको हो ।
सामाजिक युवा क्लबका अध्यक्ष दिपक भुसालको अध्यक्षता र विराज मुखियाको संचालनमा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रहरी निरिक्षक सुजनराज भण्डारी,ईलाका प्रहरी कार्यालय बलेवाङ्गका इन्चार्ज बसन्त श्रेष्ठ,बलेवाङ्ग प्रा.वि.का पूर्व प्र.अ.उदयराज अर्याल तथा सम्मानित हुने पत्रकारहरुले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 तस्वीर: डिआरजी सुमन/अर्घाखाँची डटकम्