सन्धिखर्कमा हिमालय नमुना पशुपालन ब्यवसायीक फर्मको पूर्ब सार्बजनिक कार्यक्रम सम्पन्न

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची ।  हिमालय नमुना पशुपालन ब्याबसायीक फर्म सन्धिखर्क नगरपालीका वडा नं:  १३ बराप बिहारको आयोजना र किसानका लागी उन्नत बिउँ बिजन कार्यक्रम केयुबिके को सहयोगमा सन्चालन हुन लागेको ब्याबसायीक गाई पालन फर्मको पूर्ब सार्बजनीक सुनुवाई कार्यक्रम आज एक कार्यक्रम को आयोजना गरी सम्पन्न भएको छ । 
सार्बजनीक सुनुवाई कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै केयुबिकेका डेरी डेभलपमेन्ट बिशेषज्ञ डाक्टर बालक चौधरीले पहाडी जिल्लाहरुमा गरीबिलाई न्युनिकरण गर्नको लागी कृषकहरुलाई बिभिन्न क्षेत्रमा आफ्नो संस्थाले सहयोग गरीरहेको बताउदै केयुबिके को सहयोग बाट ब्यबसायीहरुलाई प्रत्यक्षरुपमा फाईदा पुगेको भन्दै किसानहरुलाई ब्यबसायीक रुपमा आफ्नो पेसामा लाग्न  आग्रह गर्नु भएको थियो ।
उप-आयोजनाको मूललागत रु चौबिसलाख उनसाठीहजार एकसय सतहत्तर रुपैया, अनुदान ग्राहिको लागत चौधलाख एकसठ्ठीहजार आठसय छयानब्बे  र केयुबिकेको नौलाख सन्तानब्बेहजार दुईसय एकासी बराबरको लागतमा करीब एक बर्षमा सम्पन्न हुने योजनाबाट दश जनाको घरपरीबार प्रत्यक्ष रुपमा लाभाम्बीत हुने सस्थाले जनाएको छ ।
करीब चौध बर्ष सम्म बिदेशमा रोजगारी गरी स्वदेशमै केहि गरौं भन्ने भावनाले नेपाल फर्किएका बाँगीका किसान रामचन्द्र भुसालले आफुहरुको अथक प्रयास र मेहनतले सस्थालाई यहाँ सम्म ल्याउन सफल भएको भन्दै सहगोग गर्ने सम्पूर्णलाई धन्यबाद ज्ञापन समेत गर्नु भएको थियो । हामीले प्रयास गरे के गर्न सकिदैन र भन्दै कृषक भुसालले बिदेश पलाएन भएका युबाहरुलाई स्वदेशमै आई कृषी पेसागरी रोजगारीमा लाग्न आग्रह समेत गर्नु भएको थियो ।
कार्यक्रममा केयुबिकेका ईन्जीनियर तारा श्रेष्ठ,कृषी उद्यम केन्द्रका प्रतिनिधी उमाकान्त भुसाल,बाख्रा बिकास प्राबिधिक राधा नेपाली, नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष भरतमणी पोख्रेल, नेकपा एमालेका प्रतिनिधि देबबहादुर खड्का, नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य कृष्णप्रसाद भुसाल,राष्ट्रिय जनमोर्चाका प्रतिनिधि भिमलाल आचार्य, उद्योग बाणीज्य संघका प्रतिनिधि संकर महत, रेडियो अर्घाखाँचीका स्टेशनम्यानेजर श्याम घिमिरे, पत्रकार बसन्त श्र्रेष्ठ, देबेन्द्र कुवर लगाएतले कार्यक्रम सफलताको शुभकामना दिदै कृषक र सहयोगी सस्थालाई धन्यबाद समेत प्रदान गर्नु भएको थियो ।
कार्यक्रम हिमालय नमुना पशुपालन ब्याबसायीक फर्म सन्चालक समितिका अध्यक्ष रामचन्द्र भुसालको अध्यक्षता ब्यबसायी टेकबहादुर थापा को सन्चालनमा सम्पन्न भएको पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।